२०८१ भाद्र २३
                           

देवि तिमल्सिनालाई स्तन क्यान्सर , उपचारमा सहयोग गर्न परिवारको आह्वान 

सुरेश तिमल्सिना

बाह्रबिसे/ सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ९स्थित टाडबिसौना मा करिब ३० घर परिवार बसोबास गर्दै आईरहेका छन । बजार बाट केही दुरिमा रहेको त्यस गाउँका मानिसको मुख्य पेशा कृषि हो । केही आफ्नै जग्गा जमिनमा उब्जनी गरेर जिवन संचालन गरिरहेका छन भने केही अन्य ब्यक्तिहरुको जग्गा जमिन कमाएर उब्जनी गर्दै आईरहेका छन ।

 

सोही गाउँमा कृषि पेशालाई आत्मसात गर्दै आईरहेका छन देवि तिमल्सिना । उनी अहिले कृषि पेशामा संघर्ष गर्दागर्दै विगत २ बर्ष देखि स्तन क्यान्सरबाट पिडित बनेकी छिन । नियमित रुपमा किमो लगाउँदै आईरहनुभएका देवि तिमल्सिना हाल भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत अवस्थामा हुनुहुन्छ ।

 

आर्थिक अवस्था निकै कमजोर रहेको कारण अहिले देवि तिमल्सिना का श्रीमान श्रीमतिको उपचारको लागि भारी बोक्दै रकम जोहो गर्दै आईरहेका छन । स्तनको अपरेसन गर्नुपर्ने देवि तिमल्सिना अहिले आर्थिक अभावका कारण अस्पतालमा उपचार गर्न नसकी बसिरहेको छिन । उपचारमा हालसम्म करिव ७ लाख खर्च भइैरसेको छ । देवि तिमल्सिनाको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अपरेसन गर्न सकियो भने उहाँलाई बचाउन बताउछन ।

 

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत देवि तिमल्सिना का परिवार अहिले सहयोगको लागि आह्वान गर्दै आईरहेका छन । स्तन क्यान्सरका कारण उपचाररत देवि तिमल्सिनालाई सहयोग गर्न इच्छुक महानुभावहरुले देवि तिमल्सिनाको नाममा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैकको बाह्रबिसे शाखाको खाता नं ००४००००५९९४१२ मा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ भने सम्पर्क नम्बर देवि तिमल्सिना ९८६०४३५६८२ , राम बहादुर तिमल्सिना ९८४९४७०५५९ , केदार तिमल्सिना ९८५११०२७०९ सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्