२०८१ भाद्र २३
                           

नयाँ विधिबाट गरिएको खेतीले किसानका लहलहाउँदो तरकारी

दिपक खत्री ÷ साउन २९,  लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, घिरौला, सिमी, करैला जस्ता तरकारी लहलहाउँदो छ । सिन्धुपाल्चोकको बलेफी ,सुनकोसि, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका कृषक टनेलमा गरिएको खेतीले मनग्य उत्पादन गरीरहेका छन् । अन्नबाली छाडेर व्यवसायीक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिदै घरमै बसी तरकारी खेतिबाट आम्दानी हुन थालेको बलेफीका कृषक रोजन तामाङको भनाई छ ।

बलेफीकै कृषक संगिता तामाङ परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउनुहुन्छ । लागत घटाउन, उत्पादन बढाउन र रोगकीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकता अनुसार सिचाइँ हुने थोपा सिचाई प्रविधि जडान गरेका छन् । हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । बिरुवाको जरा जरामा पाईपमार्फत विरुवालाई आवश्यक पर्ने पानी र खाद्यतत्व आपूर्ति गराउँछन् । सुधारीएको गोठ निमार्णले बस्तुभाउको मुत्र पनि सदुपयोग हुने गरेको सुनकोशी ६ का कृषक
प्रदिप भण्डारी बताउनुहुन्छ ।

जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानमार्फत सम्बृद्धिका लागि यथायोग्य कार्यसस्था नेपाल अन्तरगत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची नगरपालिका–९ , सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का २ सय ७७ घरधुरीलाई कृषक समुहमा आवद्ध गराएर प्रविधि सहितको व्यावसायिक तरकारी खेतीमा जोडेको छ । उनिहरुको उत्पादन तरकारी संकलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मुल्य पाउछन् भने यि तरकारी तरकारी मुख्य बजारमा विक्री हुनेगरेको छ । स्थानिय तहले कृषिमा सामाग्रि वितरण संगै प्रविधि पनि सिकाउदा थप उपलग्धी देखिने कृषी विज्ञ डा. रामचन्द्र भुषाल बताउनुहुन्छ ।

धेरै धन कमाउन भन्दै विदेश जानेहरू घटेका छैनन् । तर नेपालमा नै प्रविधि प्रयोग गरी व्यवसायीक खेती गरेर राम्रो आम्दानी गर्नेहरु पनि उत्तिकै छन् । सिन्धुपाल्चोकका किसानहरुले टनेल भित्र हाइटेक प्रविधिको तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै उदाहरणीय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्