२०८१ भाद्र २३
                           

रेडक्रस सोसाईटी सिन्धुपाल्चोकद्धारा विस्थापितका लागि राहत प्रदान

सिन्धुपाल्चोकको चौतारा सँगाचोकगढी नगरपालिका– ९ को कदम्बास कोदारीमा पहिरोको कारण विस्थापितका लागि राहत प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले प्रदान गरेको राहत सामग्री जल्केनी उपशाखामार्फत पीडितलाई प्रदान गरिएको हो । १५ थान त्रिपाल, १० थान म्याटेक्स, १० थान बाल्टी, २५ गुथ्था डोरी, ४ थान अस्थायी शौचालय प्लेट, ५ थान हेल्थ किट र २० थान कम्मल वडा अध्यक्ष विमल श्रेष्ठ र उपशाखा सभापति बेलबहादुर महतलाई जिल्ला शाखाले हस्तान्तरण गरेको रेडक्रसको कार्यालय प्रमुख भरतप्रसाद कोईरालाले बताउनुभयो ।

जिल्ला शाखाले प्रदान गरेको राहत सामग्री पहिरोको कारण विस्थापित भएकाहरुलाई प्रदान गरिएको जल्केनी उपशाखाका सभापति बेलबहादुर महतले बताउनुभयो। कदम्बास कोदारीमा गत साउन २४ गते अविरल वर्षाका कारण पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्