२०८१ भाद्र २३
                           

रिम्ती भिर पहिरोको जोखिमबारे सिडियो सहितको टोलिद्वारा अनुगमन

साउन ३१, सिन्धुपाल्चोक बाह्रविसे ४ को रिम्ती भिरमा सडक भासिएर जोखिम बढेपछि स्थानीय प्रसाशनले त्यसको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी बेद निधि खनालसहित बाह्रविसे नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीले त्यस क्षेत्रको अनुगन गरेका हुन् ।

प्रजिअ खनालका अनुसार रिम्ती भिरमा सडक भासिएर नागरिकलाई आवतजावत गर्न जोखिम बढेको छ । सडक भासिँदा बाटोमाथिका तीन घर पहिरोको उच्च जोखिममा परेका छन् । अनुगन गर्दै प्रजिअ खनालले उच्च जोखिममा परेका तीन घरका नागरिकलाई नगरपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिने बताए । त्यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले नागरिकलाई रातिको समय र पानी परेको समयमा हिडडुल गर्न रोक लगाइने प्रजिअ खनालको भनाई छ ।

वर्षातको समयमा सोही सडकभएर आवतजावत गर्न जोखिमपूर्ण भएकाले सुरक्षा अपनाउन नागरिकहरुलाई प्रजिअ खनालले आग्रह गर्नुभयो । सोही क्षेत्रमा स्थानीय प्रशासनले जोखिम क्षेत्र भनि सूचनामुलक बोर्ड राख्ने तयारी पनि गरेको छ ।

लगातारको वर्षाले बाह्रबिसेबाट त्रिपुरा जाने रिम्ती भिरको बाटोमा दुई सय मिटर जति सडक भासिएको छ । भासिएको सडक अझै तल झरे भोटेकोसी नदी थुनिनसक्ने जोखिम समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्