भदौ २ , सिन्धुपाल्चोकको सदरमुकाम चौताराको पार्किङ ब्यवस्थित बनाउन ५ नम्बर वडा कार्यालय चौताराले काम सुरु गरेको छ । अव्यवस्थित सावरी पार्किङ बढ्न थालेपछि त्यसलाई रोक्न वडा कार्यालयले दाया र बाया आलोपालो पार्किङको नियम लागु गरेको छ । जिल्लाकै मूख्य बजारमा अव्यवस्थित सावरी पार्किङका कारण अस्तव्यस्त भएको भन्दै सवारी पार्किङलाई ब्यवस्थित गर्न लागिएको वडा अध्यक्ष शिव श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा टुँडिखेल देखि बसपार्क सम्म ३० वटा नो पाकिङ स्ट्याण्ड राखिएको छ । स्ट्याण्ड यु एम बचत तथा ऋण सहकारी सस्था लि ले सहयोग गरेको हो । विहिबार ओरालो, द्येरै साँघुरो भएका स्थानमा नो पार्किङ स्ट्याण्ड राखिएका हुन् । यसले सडक छेउमै गरीने जथाभावि पार्किङलाई रोक्ने आशा गरीएको छ ।
वडाले सरोकारवालाहरुसँग गरेको छलफलपछि एक दिन दाया एक दिन बाया किनारामा पार्किङको ब्यवस्था सहित साँगुरो सडकमा पार्किङ नगर्न अनुरोध गर्दै स्ट्याण्ड राखिएको छ ।
वडा कार्यालयले कार्यालय र स्कुल समयमा विहान ९ बजेदेखि १० बजेसम्म यात्रुबहाक सवारी गति सिमित गरेर मात्र आगमन गर्ने,मालबाहक सवारीलाई बिहान ९ बजे अगावै, दिनको ११ बजेबाट ३ बजेसम्म र बेलुका ५ बजेपछि मात्र बजार क्षेत्रमा चलाउन दिने निर्णय यस अघि गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्