२०८१ मंसिर ९
                           

अन्तत बन्ने भयो चौताराको ऐतिहासिक कृष्ण मन्दिर

चौतारा/ निरन्तरको प्रयासपछि अन्तत भूकम्प गएको ६ वर्षपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा पुरानो बजार स्थित १ सय १५ वर्ष पुरानो कृष्ण मन्दिरको पुनर्निमाण हुने भएको छ ।
सभामूख अग्निप्रसाद सापकोटाको पहलमा पुरातत्व विभाग काठमाण्डौद्वारा २ करोड लागतमा मन्दिर क्रमागतरुपमा निर्माण सुरु गर्न लागेको हो ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको मन्दिर पुनर्निमाणको ठेक्का प्रकृया यही भदौको दोस्रो साता हुने पुरातत्व विभाग, काठमाण्डौंले जनाएको छ ।
विभागकी इञ्जिनियर आरती पोखरेलका अनुसार सबै नक्सा र स्टिमेट तयार भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै हुने छ ।
ऐतिहासिक र पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर पुनर्निर्मिाण हुने भएपछि यहाँका स्थानीय खुशी भएका छन् । प्यगोडा शैलीको मन्दिर भूकम्प गएको ६ वर्षपछि पुनर्निमार्ण हुने खबरले खुशी लागेको स्थानीय कमलचरण कक्षपतिले बताउनु भयो । मन्दिर पुनर्निर्माणका लागि पूर्वमेयर अमानसिं तामाङ, निर्वतमान वडा अध्यक्ष नरमान श्रेष्ठ, सञ्चारकर्मी सुरेश कसजू, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, रेडक्रस महामन्त्री कमलचरण कक्षपति, हरिगोपाल श्रेष्ठ लगायतका टोलिले पटकपटक पुरातत्व विभाग काठमाण्डौं गइ प्रयत्न गर्दै आइरहेका थिए । गत १० गते पनि उहाँहरु पुरातत्व विभाग जानु भइ मन्दिरको पुरानो संरचानाको बारेमा जानकारी दिनु भएको थियो । पटक पटकको प्रयासपछि मन्दिर बन्ने पक्का भएको छ सञ्चारकर्मी सुरेश कसजूले बताउनु भयो ।
२०६४ सालमा बनेको कृष्ण मन्दिर निर्माण भएपछि हरेक कृष्ण जन्माष्टमीको अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले मन्दिर ध्वस्त भएपछि सो ठाउँमा जस्ताको टहरा बनाई पुजाआजा र जात्रा लाग्दै आएको छ । यसवर्ष पनि विहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको र दुई दिन मेला लाग्ने कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
कुनै बेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउथ्यो गथ्र्यो
मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पुजाआजा गर्दै आएको जनश्रुति पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्