२०८१ भाद्र २३
                           

२३ बर्षको उमेर बहुविवाह ,४३ बर्षमा जेल चलान

५ भदौ, २३ बर्षको उमेर बहुविवाह आरोपमा कैद र जरिवानाको सजाय फैसलापछी फरार रहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का रामकृष्ण भन्ने टिकादत्त दुलाल २० वर्षपछि पक्राउ परेका छन् ।

फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०५९ जेठ २ गतेको फैसलाले वहुविवाह मुद्दामा १ महिना कैद र एक हजार रूपैयाँ जरिवाना सजाँय भई फरार रहेका थिए । दुलाललाई प्रहरी टोलीले मिति २०७९ भदौ ३ गते पक्राउ गरि भदौ ५ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।

त्यसैगरी जिल्ला अदालतबाट २०७३ जेठ १७ गतेको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना भई फरार रहेकी पाँचपोखरी थाङपाल गाउँपालिका ५ कि फुर्पा तामाङको कान्छी श्रीमती वर्ष २७ कि मिरा भन्ने निर माया तामाङलाई भदौ ०५ गते पक्राउ गरि अदालतबाट कैद जरिवाना असुलका लागि जिल्ला कारागार चौतारा चलान गरीएको लामिछानेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्