निर्मल बस्नेत÷भदौ ७, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । नेकपाले नेपाल बन्दको पुर्वसन्ध्यामा मशाल जुलुस चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे बजारमा निकालेको थियो । राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, महङ्गी र तीन बुँदे सम्झौता विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको जिल्ला सेक्रेटरी युगिनले जानकारी दिनुभयो ।
झुट्टा मुद्धा खारेज, तीन बुँदे सम्झौता कार्यान्वयन, राज बन्दीहरु रिहाई, राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक खारेज गर जस्ता नारा लगाइ बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जिल्ला सचिव युगिनले सरकारले इमानदारीपूर्वक तीन बुदे कार्यन्वय गर्नु पर्ने अवस्था उल्टै पार्टीको मुख्य नेतृत्वमा झुटा मुद्दा लगाइ सहमति विपरीत वारेज जारि गर्नु भनेको नेपाललि जनतालाइ धोका दिई फेरि देशलाई द्वन्द्व तर्फ धकेल्न खोजेको पनि बताउनुभयो ।
यो सरकारले पार्टीको नेतृत्वमा लागाएको मुद्दा तत्काल फिर्ता गर्नुपर्नेमा जोड थियोे । राष्ट्रघाति एमसिसि र एसपीपी सम्झौता खारेज गर्नु पर्ने माग उनिहरुको छ । पार्टीले बन्द लाई सफल बनाउनको लागि जिल्लाका सम्पूर्ण व्यबसायी , वुद्विजीवि, पत्रकारहरु पनि आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्