भदौ ८ — सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भएको र संसदले गती लिएको बताउनुएको छ । चौतारा सांगाचोकगढी –५ स्थित चौतारा बहुमुखि क्याम्पसको बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनःस्थापित सदनबाट नै विभिन्न विधयक पास हुदै समस्याको सामाधन निस्केको उल्लेख गर्नुभयो ।
सभामुख सापकोटाले भन्नुभयोे, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन ।”
क्यापसको २२ औ बार्षिक उत्सवको अवसरमा आवसरमा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले चौतारा बहुमुखि क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए ।
सो क्याम्पसका प्राचार्य नगेन्द्र प्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गर्नुभयो । प्राचार्य दंगालले क्युएए प्राप्तीको बाटोमा क्याम्पस रहेको उल्लेख गर्दै लाईब्रेरी ब्यवस्थापन देखि अनुसन्धान मुलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिदै जाने उल्लेख गर्नुभयो ।
क्याम्पसको २२ औं वार्षिकउत्सव समारोहमा क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले प्रतिवेन प्रस्तुत गर्नुभएको थियो । २०५८ सालबाट सञ्चालन रहेको उक्त क्याम्पसले शिक्षा विषयको स्नातक तहको तिनवर्षे कार्यक्रम प्रारम्भ गरेको थियो । त्यस्तै विगत ५ वर्षअघि स्नातकोत्तर तहको अनुमति पाएको थियो भने तिन वर्षदेखि बहुप्राविधिक विद्यालयको सम्वन्धन प्राप्त भई कक्षा समेत सुरुवात भईसकेको छ ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, अविभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्