२०८१ भाद्र २३
                           

एकै दिन यसरी भयो ८२ वटा धारोको उद्घाटन मेलम्ची

भदाै १०, मेलम्ची नगरपालिका वडा नं ९ मा जापानको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग संवृद्धिका लागि यथायोग्य कार्य संस्था र पिस उइ्नडस जापान को साझेदारीमा सन्चालन भैरहेको “खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना अन्तर्गत ” खानेपानी पहुँच तर्फको ३ वटा खानेपानी आयोजना पुरा गरि संस्थाले मेलम्ची नगरपालिका लाई हस्तान्तरण गरेको छ ।आयोजना उद्घाटन गर्दै मेलम्ची नगरपालिका प्रमुखले यति छोटो समयमा ८२ घरधुरीलाई खानेपानी पहुँच पुर्याइ स्थानीय समुदायको उधमशिलताको विकास, जिविकोपार्जन सुधार र उनिहरूको क्षमता अभिवृद्धि गर्दिनु भएको नगरपालिकाको तर्फबाट धेरै खुसी रहेको व्यक्त गर्नुभयो । त्यस्तै वडा नं ९ का वडाध्यक्ष किरण दिप खड्काले परियोजनाले हामी लागि पनि योजना सन्चालन गर्दा कसरी छिटो छरितो सम्पन्न गर्ने एउटा पाठ सिकाएको बताउनु भयो । कार्यक्रममा संस्थाका तर्फ बोल्दै टिम लिडर डा . रामचन्द्र भुसाल, कार्यकारी निर्देशक अपेक्षा भुसाल, ISAP का कार्य बाहेक अध्यक्ष शुशिल कुमार भट्टचन , वितिय व्यवस्थापक विसाल भट्टराई लगायतका सबै टिमले आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका रहि काम गर्ने सबै कर्मचारी , स्थानीय तह र उपभोक्ता समिति लाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो। आयोजना पुरा भए पनि यसको दिगो संरक्षण र व्यवस्थापन को लाई उपभोक्ता समिति को ठुलो भुमिका रहने र त्यसलाई निरन्तरता दिने अपेक्षा रहेको इ. वसन्त प्रधान र ई. शुसिल अधिकारी ले उपभोक्ता समिति सगँ अनुरोध पनि गर्नु भयो ।वडा नं ९ स्थित खड्काथोक , सुनखानी र पिपलटारमा तिन योजनाहरु संस्था ले एक वर्ष अगाडि उपभोक्ता समिति निर्माण गरि योजना सुरुवात गरेको थियो । आयोजना ले ३ वटा खानेपानी संरचना निर्माण मार्फत ८२ घरधुरीमा खानेपानी पहुँच पुर्याएको छ । आयोजना अन्तर्गत ३ वटा योजना अन्तर्गत कुल ५२ लाख मा सम्पन्न गरेको छ । खानेपानी सहित कृषि आय सुधार लाई पनि मध्य नजर गर्दै शुरुवात भएको परियोजना खानेपानी बाट खेरा गएका पानिलाई प्लास्टिक पोखरी को साहायताले संकलन गरि टनेलमा गोलभेडा उत्पादन गरि आत्मनिर्भर कृषि सहित व्यवसायिकरण तर्फ किसानहरू लाई अगाडि बढाउन पोत्साहान गर्दै आएको छ । सोहि वडा मा परियोजना ले २०० वटा टनेल प्लास्टिक , १०० वटा भकारो सुधार , ५० भन्दा माथि प्लास्टिक पोखरि तथा बिभिन्न कृषिजन्य सामाग्रीहरु निशुल्क अनुदानमा वितरण गरि प्राविधिक सेवा पनि दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्