भदौ ११, स्थायी प्रहरी चौकी पिप्लेको लागी सम्भावित जग्गाको खोजी सुरु भएको छ । शनिबार मेलम्ची नगर प्रमुख आईतमान तामाङ, बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षि राज्यमन्त्री ईन्द्र माया गुरुङ, निवर्तमान उपप्रमुख भगवती नेपाल, प्रविधिक ईन्जिनियर जित बहादुर कार्की, वातावरण अधिकृत सुजन दुलाल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख लागयत स्थानीय बासीको उपस्थितिमा वडा नं ४ को पिप्लेमा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको छ ।
भवन निर्माणको निमित बागमती प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएता पनि जग्गाको अभाव कारण भवन निर्माण कार्य अगाडी बढाउन सकेको छैन । प्रहरी चौकी पिप्लेको लागी जग्गाको खोजी गर्ने क्रममा आज पिप्लेमा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको हो ।
जग्गा ब्यबस्थापन पछि छिटट्ै प्रक्रिया पुरा गरेर निमार्ण कार्य थालिने नगर प्रमुख तामाङले जानकारी दिनुभयो । यसका लागि नगरले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । यस प्रहरी चौकीबाट सिन्धु उपत्यकाका ५ वडा लाभान्वित बन्ने छन् ।
प्रतिक्रिया दिनुहोस्