२०८१ भाद्र २३
                           

अविरल बर्षाका कारण मेलम्ची ११ सिमखेतको बाटो बग्यो,मेलम्ची भोताङ सडक अबरुद्ध

भदौ १२, निरन्तरको अविरल बर्षाका कारण आएको वाढीले मेलम्ची क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
खोलामा पानीको वहाव बढेसंगै मेलम्ची ११ सिमखेतको बाटो वरुद्ध भएको छ । निरन्तरको बर्षाका कारण खोलामा पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची नगरपालीकाको वडा नम्बर ११ मा रहेको सिमखेतमा बाटो अवरुद्ध हुंदा हेलम्बु मेलम्ची आवतजावत बन्द भएको छ ।
खहरे खोताहरुमा पनि पानीको वहाव बढेकाले मेलम्ची र ईन्द्रावती नदीमा जलसतह बढेको हो । बर्षात नरोकीएको हुनाले पुर्वसुचना लीएर मात्र घर बाहीर निस्कीन मेलम्ची प्रहरीले आग्रह गरेको छ । पानीको वहाव घट्ने वित्तीकै बन्द भएका बाटोहरु खुलाउने नगर प्रमुख आईतमान तामाङले बताउनुभएको छ ।
सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएकाले सो क्षेत्र भइ बहने स– साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू तथा पहिरो जान सक्ने भिरालो जमिनहरूमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ ।
यसैगरी पहिरोको कारण मेलम्ची भोताङ सडक पनि अबरुद्ध भएको छ । विहान साढे ८ बजेको समयमा मेलम्ची ९ राम्चेखोला स्थित मेलम्ची भोताङ सडक खण्डमा सडक माथी बाट लेदो माटो सहित ढुङ्गा आई सडकमा बसेकोले बाटो अबरोध भएको हो ।
खुलाउनको लागी मेलम्ची न।पा सँग आबश्यक समन्वय भई रहेको प्रहरी चौकि तिपेनिले बताएको छ ।
यसैगरी सडक माथि बाट लेदो माटो बग्दा मेलम्ची नगरपालिका ४ गराखोला स्थित भित्री कच्चि सडक अबरुद्ध भएको छ ।
गराखोला स्थित भित्री कच्चि सडक खण्डमा खोलाले लेदोमाटो बगाई ल्याउर्दा सिन्धुसुरुङ जाने बाटो अबरोध भएको हो ।
यस्तै चौतारा सााँगाचोकगढी नगरपालिका १४ डडुवा स्थित लोकनाथ रिसाललको गोठ पछाडिको पर्खाल भत्कदा ४ वटा बाख्रा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्