२०८१ भाद्र २३
                           

हरितालिका तीजको अवसरमा सभामुखद्वारा शुभकामना

भदाै १४ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुद बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस पर्वलाई महिलाहरूले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गरेको पनि बताउनुभयो । तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन पनि उहाँले सबैसँग अनुरोध गर्नुभएको छ ।
तीज नेपाली महिलाले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यको पुनर्मिलन, साथीसँगीसँग भेटघाट गरेर आफ्ना सुख दुःख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीतरसंगीतका माध्यमबाट मनोरञ्जन लिने विषयलाई विज्ञानसँग जोड्नुपर्ने तर्क गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्