२०८१ भाद्र २३
                           

पूर्व अरनिको यातायात कम्पनी प्रालिको चुनाव आज

भदौ १५, पूर्व अरनिको यातायात कम्पनी प्रालिको चुनाव आज हुँदैछ । राजधानी पूर्व सिन्धुपाल्चोक लगायत सातभन्दा बढी जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आएको प्रालिको आज वनेपामा हुने चुनावमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि अरनिको यातायातका पूर्व अध्यक्ष एवं बलेफी गाउँपालिकाका पूर्वअध्यक्ष केदार क्षत्री, समितिका वरिष्ठ उपाध्यक्ष नृपध्वज महत र व्यवसायी उद्धव गौतमले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।अरनिको यातायात व्यवसायी संघमा ५८३ व्यवसायी सदस्य छन् । यसले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत जिल्लाहरुमा आफ्नो सेवा दिँदै आएको छ ।अरनिको यातायात सेवा समितिको रूपान्तरित पूर्व अरनिको यातायात कम्पनी प्रालि हो ।

प्रतिक्रिया दिनुहोस्