२०८१ भाद्र २३
                           

पाँचपोखरी थाङ्पालले संचालन गर्यो प्रत्येक वडामा ब्यबासय दर्ता र नवीकरण शिविर

भदौ १६, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ब्यबसाय दर्ता तथा नवीकरण शिविर प्रत्येक वडामा संचालन गरेको छ । सामाजिक बिकास शाखा अन्तर्गत संचालित शिबिर भाद्र १५ गते देखि भाद्र २२ गते सम्म संचालन हुने गाउँपालिकाले सूचना जारी गरिएको छ । बुधबार वडा नम्बर ३ भोताङ बाट संचालन भएको उक्त शिबिर बिहिबार वडा नम्बर ४ थाङ्पालकोटमा संचालन भएको छ । त्यस्तै भाद्र १७ गते वडा न ०५, भाद्र १९ गते वडा न ७, भाद्र २० गते वडा न ०८ , भाद्र २१ गते वडा न ०१ र भाद्र २२ गते वडा न ०२ मा संचालन हुनेछ ।

गाउँपालिका बाट वडामा वडामा नवीकरण र दर्ता शिबिर संचालन गर्दा व्यबसायि हरुलाई सहज भएको वडा नम्बर ४ का अध्यक्ष कुल ब। बस्नेतले बताउनु भयो । त्यस्तै उहाँले दर्ता गर्न बाकी रहेका वडाका ब्यबसायहरुलाई दर्ता गर्न आव्हान गरेको र दर्ता गरि संचालनमा गर्दै गरेका ब्यबसयाहरुलाई मापदण्डमा रहि संचालनमा ल्याउन वडा बाट बर्षमा ३,४ पटक अनुगमन गर्ने पनि बताउनु भयो ।

भौगोलिक बिकटता र बर्षायाममा पालिका सम्म जादा बाढी पहिरोको डर हुने र सडक अवरुद्धका कारण पालिका सम्म जान नसकिने हुँदा पालिकाले वडा मा नै नवीकरण र दर्ता शिबिर सन्चालनले हामी जस्ता ब्याबसायीलाई सहज भएको एबि किरान स्टोरका सन्चालक अनिल लामाले भन्नुभयो ।
यस्तै सामाजिक बिकास शाखा प्रमुख दिपा धमलाका अनुसार ब्यबासायीले असोज मसान्तसम्म नवीकरण गर्नु पर्ने गाउँपालिकाको नियम छ । बर्खायाममा पालिका सम्म आउँदा बिभन्न समस्या हुने भएकाले ब्यबसायिले समयमै नवीकरण गर्न सक्दैनन् र जस्ले गर्दा जरिवाना तिर्नु पर्ने अवस्था हुन्छ । यी समस्याहरु नहोस भनि समयमै जनतालाई करको दायारामा ल्याई सभ्य नागरिकको परिचय दिन शिविर सन्चालन गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्