२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा राजनैतिक दलहरुभित्र टिकटको दावि ,यि हुन् उम्मेदवार आकांक्षी

भदौ १७ — संभावित उम्मेदवारहरुको नाम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने मिति नजिकिदैं जाँदा दलहरुभित्र टिकटको दावि गरे क्रम बढेको छ भने नेतृत्वमा समेत कसलाई सिफारिस गर्ने भन्ने छलफल चुलिएको छ । यस्तो छ सिन्धुपाल्चोकको मुख्य राजनैतीक शक्तीको चुनावी चर्चा ।

कांग्रेसमा मोहन बस्नेतको राज

 

सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । बुधवार अबेर सकिएको क्षेत्रीय समितिको बैठकले २ वटा प्रतिनिधि सभा क्षेत्र यस जिल्लामा उम्मेदवारहरु सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सर्वसम्मत चयन हुनुभयो । यस क्षेत्रमा प्रदेशसम्म बस्नेतले एकलौटी आफू पक्षका नेताहरुलाई सिफारिसमा समेटेको स्रोत बताउछ । क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्य उम्मेदवारका लागि सिफारिस भएका छन । महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल, नेविसंघका पूर्व महामन्त्री बलदेव तिमल्सेना, कांग्रेस जिल्ला सभापतिका प्रत्यासी प्रेमध्वज लामाको नाम यो सिफारिसमा परेको छैन ।

यता क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि ६ जनाको आवेदन परेको छ । क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ आवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापा , राजु गोर्खाली , वंशलाल तामाङ  , शिव सुनार ,बिलबहादुर तामाङ र   अनुप न्यौपाने रहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकाश लामा, सानुमाया हिमालय र जिमि लामाको नाम रहेको छ।

प्रदेशमा  तर्फ

निर्वाचन क्षेत्र १ को प्रदेश क मा भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहेका छन् । प्रत्यक्षतर्फ ११ जनो नाम सिफारिसमा परेको हो ।   समानुपातिकतर्फ भने यस प्रदेशमा हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिसमा परेको छ । हरिशरण वाग्मती कांग्रेसका सहमहामन्त्रीसमेत हुन्।

यता निर्वाचन क्षेत्र १ को प्रदेश ख मा देवेन्द्र खड्का, राजेन्द्र कुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवण जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ, शर्मिता घिमिरे खड्का रहेका छन् । प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिसमा परेको छ । यस प्रदेशमा समानुपातिकमा ९ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेहरुमा दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमाजाङ्बो शेर्पा, चित्र मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठ रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा प्रत्यक्षतर्फ टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाँ रहेका छन् । प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । यो प्रदेशमा समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेमा केशव श्रेष्ठ, भरत खड्का, रिता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दंगाल र कमलरत्न दनुवार रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख को लागि कृष्णकुमार तामाङ (समीर)  , पासाङ दोङ, विष्णु खड्का, मधुसूदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा रहेका छन् ।

यस प्रदेशबाट समानुपातिकतर्फ बाट भने १६ जनाको नाम सिफारिस भएको छ । यसरी नाम सिफारिस भएकाहरुमा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नारायण गिरी रहेका छन् ।

यसरी नाम सिफारीस हुनेमा सिके चौलागाइ , चित्र मिजार र विष्णु खड्का पत्रकारीतामा सक्रीय छन् ।

माओवादीलाई पनि सकस 

 

केन्द्रमा नेपाली काँग्रेससँग गठबन्धन भएर १ नम्बर क्षेत्र माओवादीको भागमा परेमा अग्निप्रसाद सापकोटा र माधव सापकोटा सुवोध मध्य कसले टिकट पाउने चासोको विषय छ । अग्नि प्रसाद सापकोटाले यो विषयमा अहिलेसम्म मुख खोलेको देखिदैन ।   प्रतिनिधि सभा १ को प्रदेश क मा भने सरल सहयात्री पौडेल र राजकुमार पौडेलले टिकट दावी गरिरहेको   स्रोत बताउछ   । सोही क्षेत्रको प्रदेशसभा ख मा भने अमृता नेपाल, प्रतापसीं तामाङ र प्रेमप्रसाद सापकोटाले उम्मेदवार बन्ने चाहना देखाएका छन् । अग्नि सापकोटाले प्रतिनिधि सभाको टिकट नछाडेर सुवोध यो प्रदेशमा आउन चाहेमा भने   सबैले ढोका खाली गर्ने देखिन्छ ।

गठबन्धनबाट माओवादीले सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा भाग पाएमा वा माओवादि एकल रुपमा निर्वाचनमा सहभागी हुने भएमा पनि युवराज दुलाल शरद यो क्षेत्रको एकल दाविकर्ता हुनुहुन्छ ।  प्रतिनिधि सभा २ को प्रदेश क मा उम्मेदवार बन्नभने गोविन्द पराजुली, झम्क पराजुली, विरबहादुर तामाङले आफ्नो इच्छा देखाएको स्रोतले बतायो । ध्रुव पराजुली समेत यो क्षेत्रको उम्मेदवार बन्न सक्ने चर्चा माओवादीभित्र छ । प्रदेश सभा ख मा भने पुराना माओवादी नेता चन्द्रबहादुर थापा सहित गोपाल स्याङ्बो र भरत थापा समेत चर्चामा छन् ।

एमाले भित्र पनि आकांक्षी द्येरै

सत्ता समीकरणमा भएका दलहरुविच चुनावी गठबन्धन भएका  एमालेले भने सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा  अरुण नेपाल र सरेश नेपालको नाम सिफारीस हुने छ । अन्तिम समयमा १ जनाले टिकट पाउनेछन् । प्रतिनिधि सभा १ को प्रदेश सभा क भने जिल्ला अध्यक्ष कमल नेपालको लागि सुरक्षीत गरिएको छ । नेपालले आफू उठ्न नचाहेमा भने अरु धेरैजनाको नाम सिफारिस हुनसक्ने छ ।

प्रतिनिध सभा १ को प्रदेश सभा ख मा भने जुगल गाउँपालिकाका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ सहित नवप्रवेशी चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङको नाम सिफारिस हुनेछ । तर अन्तिम समयमा उम्मेदवार भने होमनारायण श्रेष्ठ नै हुने संभावना उच्च छ । होमनारायणले सो क्षेत्र नछाडेमा अमानसीं तामाङ प्रतिनिसभा २ को प्रदेशसभा क को उम्मेदवार बन्न सक्ने स्रोत बताउछ ।

२०७० र २०७४ को निर्वाचनमा विजयी भएमा शेरबहादुर तामाङ यसपटक पनि सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने योजनामा हुनुहुन्छ ।  सो क्षेत्रबाट निर्बिरोध सिफारिस हुने खेलमा तामाङ सक्रीय देखिनुहुन्छ । सो क्षेत्रको प्रदेश सभा क मा भने अमानसीं तामाङ सहित बिष्णुमणि आचार्य र रामचन्द्र बस्नेतको समेत नाम सिफारिस भएपनि टिकट नवप्रवेशी   अमानसिं तामाङले पाउन सक्ने अनुमान रहेको छ । सोही क्षेत्रको प्रदेश ख मा भने पुर्व जिल्ला अध्यक्ष हस्त पण्डितको नाम एकल सिफारिस भएर जाने चर्चा एमाले भित्र चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्