२०८१ भाद्र २३
                           

प्रतिनिधिसभा क्षेत्र न. १ बाट सभामुख सगै ३ जना उम्मेदवार सिफारिस

भदौ १९ — सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न। १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा माओवादी केन्द्र १ नं प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै सभामुखकै भतिज तथा माहोवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारीस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ।
यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन ।
यसैगरी नेकपा ९माओवादी केन्द्र० क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ समानुपातिक तर्फ पुण्यप्रसाद पराजुली – खस आर्य, बिष्णुकुमार श्रेष्ठ – आदिवासी जनजाति, पूर्णबहादुर तामाङ – आदिवासी जनजाति , गणेश बिक – दलित , पार्वती थामी – अल्पसंख्यक सिफरीस भएका छन् ।
१ नं प्रतिनिधी सभा प्रदेश सभा ९क० तर्फ प्रत्यक्षमा सरल सहयात्रीको एकल सिफारीसमा हुनुहुन्छ । समानुपातिक तर्फ राजकुमार पौडेल – खस आर्य, लालकान्छा तामाङ – आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ – आदिवासी जनजाति , राजु खाती – दलित, आशा गुरुङ शेर्पा – आदिवासी जनजाति ,सुन्दर पहरी – अल्पसंख्यकबाट सिफारीसमा हुनुहुन्छ ।
१ नं प्रतिनिधी सभा प्रदेश सभा ९ख० तर्फ प्रत्यक्षमा अम्बिका नेपाल , चन्द्र सापकोटा , टिएन सापकोटा, प्रताप सि तामाङ गरी ४ जना सिफारीस भएका छन् ।
समानुपातिक तर्फ अमृता नेपाल – खस आर्य, गोकर्णदास श्रेष्ठ – आदिवासी जनजाति, पदम श्रेष्ठ – आदिवासी जनजाति , सागर परियार – दलित , सुभाष सुन्दाश– दलित टिकाराम पराजुली – अपाङ्ग कोटामा सिफारीसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्