देवराज सुवेदी —भदौ २२, लेर्खकबासिले विगतदेखि झेल्दै आएका पिउनेपानीको समस्या हल भएको छ । गाउँपालिका र आर्सो नेपालको सहयोग र समन्वयमा लेखर्क बहादुर टोलका २२ घरपरिवारलाई एक घर एक धाराको सुविधा उपलब्ध गराइएको हो । पछिल्लो समय स्थानिय सरकारले एक घर एक धाराको निति लिएअनुसार जिल्लाका अन्य थुप्रै घरहरुमा एक घर एक धारा बनेपछि स्थानियमा खुशियाली छाएको छ ।
करिब ३ किमि टाढा देखि पाईप लाई बिस्तार गरि १० हजार लिटर को रिजभ ट्याङ्की सहित १ घर १ धारा खानेपानी योजना हस्तान्तरण गरिएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । त्यस्तै वडा न ५ गुन्सा वाईवा टोल खानेपानी आयोजनाबाट पनि ४४ घरधुरी लाभान्वित भएका छन् ।एक घर एक धारा मिटर सहित निर्माण सम्पन्न गरि समुदायलाई हस्तान्तरण गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लामा ,उपाध्यक्ष सुनिता अधिकारी वडा नम्बर ५का वडा अध्यक्ष काले गोले लगायतले गुन्सा वाईबा टोल बासीललाई बुधवार योजना हस्तान्तरण गरिएको गाउँपालिकाका कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो ।
आगामी २ बर्ष भित्र पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्रका सबै वडाका बस्ती बस्ती मा एक घर एक धारा बनाउने लक्ष्य गाउँपालिका लिएअनुरुप खानेपानीको धारा निर्माण र हस्तान्तरणको काम धमाधम चलिरहेको अध्यक्ष लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्