२०८१ भाद्र २३
                           

चौ.सा.ग.नगरपालिकाले सय दिनमा गरेका मुख्य कामहरु यस्ता छन् ..

भदाै २४ – चौतारा साँगाचोक गढी नगरपालिकालेका मेयर कृष्ण प्रसाद सापकोटाले निर्वाचित भएको सय दिनको गतिविधि बारे पत्रकारहरुसंग छलफल तथा सुझाव संकलन गर्नुभएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको क्षेत्रलाई प्राथामिकता दिएर काम गरिरहेको जनाएको छ । यस नगरपालिकाभित्र आवश्यक विकासे योजना समपन्न गर्दै जाने र नगरको क्षमताले नसक्ने ठूला योजना तथा समस्यालाई हल गर्न नगरले संघ तथा प्रदेशलाई बजेट माग गरी काम गर्दै आएको छ ।
चौताराले यसवर्ष कृषिमा अघिल्लो वर्ष भन्दा यसवर्ष दोब्बर बजेट विनियोजन गरेको छ । उत्पादनलाई बढाउन कृषक, कृषक समुहलाई ( दुधमा , भँैसी , बाख्रा ) अनुदान तथा आवश्यक कृषि सामग्री वितरण गरेको छ । अहिलेको परिस्थितिमा उत्पादन बढाउन दिएको अनुदान सहि सदुपयोग गर्न ,नागरिकलाई आफै उत्पादन बढाउन अग्रसर हुन र उद्यमी बन्न उत्प्रेरित गर्न जरुरी देखिएको नगर प्रमुख सापकोटाले भन्नुभयो । यस्तै नगरपालिकाले चौतारा बजारमा भएको पार्किङको समस्यालाई समाधान गर्न हाल टुडिखेल मुनि पार्किङको ब्यवस्था मिलाएको छ। साथै चौतारा बजारमा सार्वजनिक शौचलय निर्माणका लागि प्रक्रिया अगाडि बढेको मेयर सापकोटाले बताउनुभयो । यसैगरी नगरभित्रका पहिरो प्रभावितहरुलाई तत्काल अस्थायी समाग्री वितरण गर्न मात्र सकेको र पिडितलाई दिगो रुपमा स्थायी बासका लागि राहत दिन संघ तथा प्रदेश सरकारसंग प्रस्ताप र छलफल भइरहेको मेयर सापकोटाले जानकारी दिनुभयो । हाल नगरले कार्यलयभित्र मिनरल वाटर खानेपानीको खरिदलाई बन्द गरेर आफ्नै धाराको पानी फिल्टर गरेर प्रयोगमा ल्याएको छ । जसले गर्दा बोटलको पानी खरिद गर्ने खर्च कटौती हुनका साथै ब्यवाहारिक कुरामा नगरको ध्यानकर्षण भएको छ ।

चौतारा नगरपालिकाले सय दिनमा गरेका मुख्य कामहरु
कृषि
उत्पादन बढाउन कृषक, कृषक समुहलाई कृषि सामग्री र अनुदान वितरण ,
उत्पादन भएका तरकारी संकलन केन्द्र (कोल्ड स्टोर ) तयारी हुदै,

स्वास्थ्य
सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन वृद्धा, अपाङगता भएकालाई प्रथामिकतामा राखेर टोलटोलमा स्वास्थ्य स्वयमसेविका परिचालन ,
स्त्री रोगको (पाठेघरमा समस्या )भएका महिलाहरुको उपचारका लागि चौतारा र सागाँचोकमा विषेशज्ञद्धारा चेकजाँच गर्ने ब्यवस्था , उपचारका लागि सिर मेमोरियल अस्पतालमा रिफर गर्ने ,
अघिल्ला वर्षहरुमा दोब्बर बढि मुल्यमा खरिद भइरहेको अनियमिततालाई रोक्दै यस आर्थिक वर्षमा सोही मुल्यको औषधि २२ लाखमा खरिद गरेको उपलब्धि सार्वजनिक ,

शिक्षा
चौतारा नगरपालिका भित्रका सबै विद्यालयहरुमा ठाउँअनुसार भौतिक संरचना तथा शिक्षा प्रणालीमा आवश्क कुरामा समानजनक , न्यायोचित ढङगले विकास तथा ब्यवस्थापन गर्ने,
उपमेयरको संयोजनमा विद्यालय अनुगमन आदि,

पुर्वधार विकास
चौतारासंग जोडिने २ र ३ नंम्बर प्रभावित कुविण्डे खोलामा पुल निमार्ण गर्न चौतारा नगरपालिकाकाको पहलमा केन्द्रबाट एक करोडको टेन्डर भएर बहु वर्षिय योजना सुरु ।
चौताराका बुद्धपार्क सम्पन्न गर्न बहुवर्षे योजनामा काम हुदै ।

प्रतिक्रिया दिनुहोस्