२०८१ भाद्र २३
                           

रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठ

भदौ २५, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ सहित १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विगत लामो समयदेखि रेडियो नेपाल, सिंहदरबारमा कार्यारत श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ इर्खु चिलाउनेका हुनुहुन्छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझालाई चयन गरेको छ । यसैगरी महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण कुमार श्रेष्ठ, धर्मेन्द्र कुमार रावल र कोषाध्यक्षमा प्रकाश न्यौपाने चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा ढाल बहादुर खत्री, प्रेमलाल श्रेष्ठ, रघु चौधरी, कृष्ण प्रसाद श्रेष्ठ र खड्ग गन्धर्व चयन हुनुभएको छ ।२१ सदस्यीय केन्द्रीय समिति रहने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको बाँकी सदस्य केन्द्रीय समितिले पछि चयन गर्नेछ ।

यसैगरी महाधिवेशनले सल्लाहकारमा प्रेम प्रसाद भट्टराई, तिलकजंग बुढाथोकी, अच्युतम कुमार पोखरेल, किरण अर्याल, सरिता बराइली र रामकुमारी श्रेष्ठ रुबीलाई चयन गरेको छ । महाधिवेशन उद्घाटन सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थिति रहेको थियो भने बन्दसत्रमा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जय बहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्