२०८१ भाद्र २३
                           

भोटेकोशी गाउँपालिका–४ मा मानव कंकाल भटियो

भदौ २५ — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ यरमाला एक्सीस भन्ने स्थानमा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापाले बताएअनुसार चौरी राख्ने गोठ खर्कमा दाउराको चाङ्गमुनी शुक्रबार मानव कंकाल फेला परेको हो ।
सडेगलेको अवस्थामा टाउकोको कंकाल फेला परेको र नजिकै सिलाएको कपडाको पाइन्ट पनि फेला परेको हुने उक्त कंकाल पुरुषको हुनसक्ने आशंका गरिएको छ । कंकाल हेर्दा पुरुष वा महिला के हो भनेर छुट्याउन सक्ने अवस्था छैन ।
कंकाल भेटिएको क्षेत्र मानव वस्ती नभएको क्षेत्र हो । यो जंगली क्षेत्र अर्थात चौरीहरूको खर्कको क्षेत्र हो । बाह्रबिसेबाट लगभग आठ घण्टाको पैदलयात्रा गरेकपछि मात्र उक्त क्षेत्र पुगिन्छ ।
प्रहरीले घटनास्थलबाट फेला पारेको हड्डी र कंकाल डिएनए परीक्षणको सुरक्षित राखेको र कानुनी प्रकिया अगाडी बढाएको इनिस्पेक्टर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्