२०८१ कार्तिक २
                           

करेन्ट लागेर कर्मचारीको मृत्यु

भदौ २५, करेन्ट लागेर मेलम्चीमा एक जनाको मृत्यु भएको छ । मेलम्ची १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रको काम गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाका ३९ बर्षिय इश्वर गुरागाँईको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

करेन्ट लागेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचार क्रममा दिउसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।१ बजे घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मिर्तक गुरागाँई प्राधिकरणमा ज्यालादारिमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्