२०८१ भाद्र २३
                           

चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनः सुशासनको पहल, आत्मनिर्भतामा बल

जीवन श्रेष्ठ – भदाै २५, स्थानीय सरकारको दोस्रो कार्याकाल अन्तर्गत सय दिन पार भइसकेको छ । खासगरि यो अवधिलाई हनिमुन पिरियडको रुपमा लिने गरिन्छ । यही हनिुमुन पिरियडमा स्थानीय सरकारले सय दिन भित्र के गरे ? कस्ता योजनाहरु बनाए भनेर सर्वसाधरण र सरोकारवालाहरुले चासोका साथ हेर्ने गरिन्छ र यसै दिनभित्रको काम र कार्य योजनामुताविक नै आगामी रणनीति बुझ्ने गरिन्छ । यसै बीच सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले सय दिनभित्र आफूले गरेका काम र योजनाहरु सार्वजनिक गरेको छ ।
सुशासनलाई जोड दिंदै टेण्डर प्रकृयालाई यो सय दिनभित्र पारदर्शी बनाएको नगरपालिकाले जनाएको छ । नगरबाट विभिन्न सामाग्रीहरु खरिद गर्न विद्युतिय वोलपत्र आह्वानको कार्य गरि दहत्तर वहत्तर, स्टेशनरी, औषधी लगायतका सामाग्री खरिद गर्न पारदर्शीरुमा इटेण्डर गरेको र औषधी टेण्डरबाट मात्र झण्डै ३८ लाखरुपैयाँ कममा टेण्डर प्रकृया सम्पन्न भएको मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिनु भयो । प्रकृयागत र पारदर्शीरुपमा टेण्डर गर्दा नगरलाई हुन आएको फाइदा ठोस कार्यमा लगानी गर्ने पनि मेयर सापकोटाले बताउनु भयो ।
मिनिरल वाटर खरिदमा मात्र महिनाको लाखौ सकाउँदै आएको नगरपालिकाले कार्यालयभित्र नै पानी शुद्धिकरण मेशिन जडान गरि शुद्ध खानेपानी आपुर्तिलाई नगरले सहज मात्र बनाएको छैन, खानेपानीको नाउँमा हुँदै फजुल खर्चलाई समेत नियन्त्रण गरेको छ । त्यस्तै कर्मचारीले खाँदै आएको खाजा खर्चमा समेत व्यापक कटौति गरेको छ ।
आर्थिक क्षेत्रमा मितव्ययिता नअपनाएसम्म र पारदर्शी नभएसम्म जतिसुकै विकास भए पनि त्यो विकासमा भ्रष्टाचारका गन्ध आउने हुँदा नगरले हरेक आर्थिक करोबारलाई मितव्ययी र पारदर्शी ढंगबाट सम्पन्न गर्नका लागि सुरुवात भएको मेयर सापकोटाको भनाई छ ।
सबै वडाहरुमा १२ महिना नै सडक यातायात सुचारु गर्न नगरले ब्याक हो लोडर खरिद गर्ने प्रक्रियामा रहेको पनि जनाएको छ ।जसबाट नगरमा रहेको टिपर समेत बहु उपयोगमा आउने, यसबाट विपद्को अवस्थामा समेत तत्काले सडक सूचारु गर्न सहज हुने उपमेयर सीता थापाले बताउनु भयो । नगरपालिकाबाटै जलस्रोत समिति दर्ता गर्नका लागि कानून निर्माण समेत पारीत भएको छ ।
नगर प्रमुखको पहलमा प्रदेश सरकारवाट करिव ६६ करोड वजेट प्राप्त गर्न सफल भएको छ । जसमध्य ३० करोड नगर प्रमुख स्वयं प्रदेश राजधानी गएर पहल गर्नु भएको हो भने वडा न २ र ३ जोड्नका लागि कुविण्डे खोलामा पक्की पुल निर्माण गर्न प्रदेश सरकारबाट बजेट विनियोजन गर्न पनि सफल भएको छ ।
नगर स्तरीय शिक्षा क्षेत्र सुधार समितिबाट शिक्षा क्षेत्रमा प्रत्येक विद्यालयहरुको हालको अवस्था उच्च स्तरीय विश्लेषणको लागि प्रश्नावली सहित स्थलगत अनुगमन र सो को आधारमा आगामी कार्ययोजना बनाउने, प्रधानाध्यापकहरु तथा वि.व्य.स. अध्यक्षहरुसँग सुझाव संकलन, इ.सि.डि. को व्यवस्थापन र गुणस्तर सुधारलाई प्रमुख प्राथमिकता , द्वन्द्व प्रभावित तथा विपन्नहरुको लागि स्वास्थ्य विमा कार्यक्रम कार्यविधि तयारी साथै वडा स्तरवाट विमा कार्यलाई शुरुवात गर्ने क्रममा रहेको जनाएको छ । वर्षात्को कारण सिर्जित हुने विपद्का घटनाहरुको व्यवस्थापनका लागि विपद् लगतै तयारी अवस्थामा रहेको नगरपालिकाबाट प्रभावकारी रुपमा प्रतिकार्यको कार्य भएको उपप्रमुख थापाले बताउनु भयो । साथै बन्देउलाई व्यवस्थित शहरको रुपमा विकास गर्ने र यसबीच विकास निर्माणको अनुगमनलाई तीव्र पारिएको पनि उपमेयर थापाले बताउनु भयो ।
चौतारा बजारमा सार्वजनिक शौचालय निर्माण प्रकृया पनि अगाडी बढेको मेयर सापकोटाले जानकारी दिनु भयो । सीमित स्रोत साधनको अधिकतम प्रयोग गरि जनताले अनुभूति गर्ने नीति कार्यक्रम बनाउनका साथै सो कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको र सय दिनमा जति सकिन्छ, सन्तोषजनक रुपमा नै कार्य सम्पन्न गरेको मेयर सापकोटाको भनाइ छ । नगरपालिकाले गत कार्यकालभन्दा दोब्बर बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको र भने समृद्धिको आधार आत्मनिर्भर एवम् रोजगारीलाई रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्