२०८१ भाद्र २३
                           

चौतारा साँगाचोकगढी नगरपालिका – १३ ठुलोसिरुवारी बालमैत्री वडा घोषणा

भदौ २९ — लामो समयको अभ्यासपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका – १३ ठुलोसिरुवारी बालमैत्री वडा घोषणा भएको छ । घोषणामा बाल संरक्षणका साथै बालअधिकारको सुनिश्चित गर्न सम्बन्धित सरोकारवालाले सार्वजनिक प्रतिवद्धता ब्यक्त गरेका छन् । बालमैत्री स्थानीय शासनका ५१ सूचक पुरा गरिएको हुदाँ १३ नम्बर वडालाई एक कार्यक्रम बिच नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले बालमैत्री वडा घोषणा गर्नुभएको हो ।


स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको हो । उक्त ऐनले स्थानीय तहलाई बालमैत्री बनाउन सक्ने व्यवस्था गरेको छ । वडा हुदै समग्रमा बाल नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने योजना रहेको मेयर सापकोटाले बताउनुभयो । नगर प्रमुख सापकोटाले बालमैत्री वडा घोषणा पश्चात यहाँका बालबालिका डर, त्रास र हिंसाबाट मुक्त भएको बताउनुभयो ।


सबै सुचकहरुमा न्युनतम ८० वा त्यो भन्दा माथिको अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरीएको वडा अध्यक्ष राम प्रसाद गौतमले बताउनुभयो । नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रममा २०७६ साल बाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्य अनुसार उक्त वडालाई आज बालमैत्री वडा घोषणा गरीएको हो ।
२०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटनाहरू देखा नपरेको वडाको तथ्याङ्क छ । वडा बाल समितिका अनुसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८÷०७९ मा कुनै पनि बालविवाहको घटना भएको पुष्टि भएको छैन ।


खानेपानी तथा सरसफाईमा यो वडा निकै अगाडी रहेको तथा सबै सूचकाङ्क पुरा गर्न कम्तिमा एक बर्ष लाग्ने भएकाले आगमी बर्ष पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने योजना रहेको वडा अध्यक्ष गौतमले बताउनुभयो । दिवसकै अवसर पारेर बालबालिका सम्बन्धी निबन्ध लेखन प्रतियोगिता समेत गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्