२०८१ मंसिर ६
                           

सिन्धुपाल्चोक जिल्लामा क्षेत्र नम्बर १ माओवादीले र २ कांग्रेसको भागमा

भदाै ३० – प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटामा कुन दलले लिने भन्नेमा सहमति जुटेको छ ।सिन्धुपाल्चोक जिल्लामा क्षेत्र नम्बर १ माओवादीले र २ कांग्रेसको भागमा परेको छ ।गठबन्धन को उच्च स्रोत अनुसार सिन्धुपाल्चोक १ अग्नि प्रसाद सापकोटा र २ मोहन बहादुर बस्नेतलाई भागबन्डा मिलाएको हो ।
विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित हुनेछन ।
छलफलमा सहभागी नेताहरुका अनुसार निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेको देखिन्छ । तर जब दलले पाउने कुल सिट संख्याको कुरा आउँछ, फेरि हिसाब बिग्रिन्छ ।
कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म पाँचै दल गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् र अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।
यस्तो छ सुची

प्रतिक्रिया दिनुहोस्