२०८१ भाद्र २३
                           

हाम्रो जन्मभूमि सामाजिक संस्थाद्वारा अपाङ्ता बालबालिकाका लागि भोजन र आर्थिक सहयोग हस्तान्तरण

भदाै ३१ – छोटो समयमा नै आफ्नो बेगल पहिचान बनाउन सफल हाम्रो जन्मभूमि समाजिक संस्थाले शुक्रबार एक दिवसिय भोजन कार्यक्रमको आयोजना गरेको छ ।
समाजिक अभियानमार्फत शिक्षा, स्वास्थ्य र सिंगो मानवताको पक्षमा विभिन्न कार्य गर्दै आइरहेको यो संस्थाले आफ्नो २५ औं कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम चौतारास्थित श्री कृष्ण आधरभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुका लागि भोजन कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ र संस्थाका अध्यक्ष गीता श्रेष्ठले बालबालिकाका लागि पोषणयुक्त खाद्यान्न खरिदका लागि रु पाँच हजार सहयोग संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सामािजक क्षेत्रमा हाम्र्रो जन्मभूमि संस्थाले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नु भयो भने नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सीमित स्रोत र साधनका बीच पनि संस्थाले समाजिक र मानवीय क्षेत्रमा पु¥याउँदै आएको योगदानले समाज रुपान्तरण र परिवर्तनमा टेवा पु¥याएको विश्वास व्यक्त गर्नुभयो । बौद्धिक अपाङ्ताका अभिभावक संघ, सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठले अपाङ्ता बालबालिकाको क्षेत्रमा पनि संस्थाले सहयोगको सुरुवात गरेकोमा धन्यवा दिनु भयो । भिन्तुना आमा समूहकी सचिव विन्दु घलेले संस्थाको गतिविधि प्रशंसनीय रहेको बताउनु भयो ।
श्री कृष्ण आधारभूत विद्यालयमा हाल १९ जना अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत छन् भने सातजनालाई आवाससहितको सुविधामा अध्यापन गराउँदै आइरहेको छ ।
हाम्रो जन्मभूमि सामाजिक संस्थाले ओझलमा रहेका र बढी सहयोगको आवश्यकता रहेका क्षेत्रमा निरन्तरण सहयोग गर्दै जाने अध्यक्ष श्रेष्ठले बताउनु भयो । यसअघि पनि सो संस्थाले क्यान्सर, मृगौला पीडितहरुका लागि उपचार गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको थियो । टिकटकमा संलग्न केही व्यक्तिहरुको सामूहिक प्रयासबाट सो संस्थाको गठन भएको हो । सामाजिक सञ्जाललाई सही सदुपयोग गर्दै मानवता र सामाजिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यका साथ सो संस्था गठन भई जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा विधिवत दर्ता भएको थियो । संस्थाले कुनै दातृ निकायको भर नपरी आफ्नै सदस्यहरु र सहयोगी व्यक्तिहरुबाट आर्थिक संकलन गरि सामाजिक र मानवीय क्षेत्रमा काम गर्दै आइरहेको छ ।
त्यस्तै शुक्रबार नै सो संस्थाले २६ औं कार्यक्रम अन्तर्गत काठमाण्डौं कलंकी रविभवन १३ स्थित बृद्धाश्रम व्यवस्था तथा सामाजिक कल्याण गुठी आमा घरमा वृद्धाश्रमामा आश्रित वृद्धाहरुका लागि एक दिवसिय भोजन कार्यक्रमको आयोजना गरेको छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाका बरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको सभापतित्वमा भएको कार्यक्रममा करिव ३० जना वृद्धालाई भोजनको व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा नानू घिमिरे काजोल, दिलशोभा श्रेष्ठ, सञ्चालक समितिका कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रीय सदस्य रिता दउजा थापा, झम्क बहादुर श्रेष्ठ, अम्बरबहादुर राइ, आजिवन सदस्य प्रमिला बस्नेत थापा, मानार्थ सदस्य उत्तम लामा लगायत रिचमन कलेजका विद्यार्थीहरुको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्