तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक जिल्लाको चौंथो जिल्ला भेलाबाट रेशम स्याङ्बो अध्यक्ष चयन भएका छन् । शुक्रबार चौतारामा भएको भेलाले स्याङ्बोको नेतृत्वमा ५१ सदस्य कार्यसमिति चयन गरेको हो ।
नेकपा (माओवादी केन्द्र) को जातिय मोर्चाको रुपमा रहेको उक्त संगठनको उपाध्यक्षमा बीरमान तामाङ, तिर्थ वाइबा, परिमाया तामाङ चयन भएका छन्। भने सचिवमा कालिप्रसाद लामा र सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका छन् ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आथित्यतामा भएको भलामा सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्ने तामाङ समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा, केन्द्रीय सदस्य लालकान्छा तामाङ अमृता नेपाल , वागमती प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा, जिल्ला पार्टी संयोजक गोविन्द पराजुली लगायतले आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्