२०८१ भाद्र २३
                           

तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक चौंथो जिल्ला भेला सम्पन्न ,अध्यक्षमा रेशम स्याङ्बो चयन

भदाै ३१ – तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक जिल्लाको चौंथो जिल्ला भेला सम्पन्न भएको छ । भेलाबाट रेशम स्याङ्बो नेतृत्वमा ५१ सदस्य कार्यसमिति चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) को जातीय मोर्चाको रुपमा रहेको उक्त संगठनको उपाध्यक्षमा बीरमान तामाङ, कृष्णजंग तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ चयन भएका छन् । सचिवमा कालिप्रसाद लामा, सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा, केन्द्रीय सदस्य लालकान्छा तामाङ अमृता नेपाल, वागमती प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा, जिल्ला पार्टी संयोजक गोविन्द पराजुलीलगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्ने तामाङ समुदायको उपस्थिति रहेको थियो भने मौलिक सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्