२०८१ मंसिर ७
                           

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सिन्धुपाल्चोकका ३० विद्यालय छनौट (सूची सहित)

अशोक पराजुली ,असोज १

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय छनोट गर्दा सिन्धुपाल्चोकबाट ३० वटा विद्यालय परेका छन् ।

बागमती प्रदेशका १३ जिल्लाबाट २८५ वटा विद्यालय छनोट भएका छन् जसमा सबैभन्दा धेरै चितवनबाट ४७, सिन्धुपाल्चोक,काठमाडौं र धादिङबाट ३०–३० र सबै भन्दा कम भक्तपुरबाट ५ वटा विद्यालय रहेका छन् । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये भोटेकोशीबाट ३, बाह्रबिसेबाट ३, बलेफीबाट ५ , त्रिपुरासुन्दरीबाट ३, लिसंखु पाखरबाट १, सुनकोशीबाट २, जुगलबाट ४, चौतारा साँगाचोकगढीबाट २, इन्द्रावतीबाट २, हेलम्बुबाट २, र पाँचपोखरी थाङ्पालबाट ३ विद्यालयहरु छनोट परेका छन् । ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यान्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष ९आर्थिक वर्ष० का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

(सूची )

प्रतिक्रिया दिनुहोस्