२०८१ भाद्र २३
                           

चौतारा बन्देउ सडक खण्डमा सवारी दुर्घटनामा, ४ जना घाइते

असोज १, शनिबार विहान पोखरे स्थित चौतारा बन्देउ सडक खण्डमा कार दुर्घट्ना हुदा दुइ जना गम्भिर घाइते भएका छन् । दुइजनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी जानकारी दिनुभयो । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको छ ।
काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नं।को सुजुकि कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल झरी दुर्घटना भएको हो । कारमा सवार दुर्घट्नामा परेका सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गा।पा।२ बस्ने बर्ष ४२ को बसन्त गिरि र ,सोही ठाउँ बस्ने बर्ष ३१ कि प्रतिमा गिरीको अबस्था मध्यम रहेको छ भने कार चालक दोलखा जिल्लाका भिमेश्वर न।पा।२ बस्ने बर्ष २८ को सोनाम तामाङ र सोहि ठाउँ।बस्ने बर्ष २२ को राजेश तामाङ को अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्