२०८१ भाद्र २३
                           

हेलम्बु १ नाकोटेमा खोलाले बगाउदा शिक्षक वेपत्ता

असोज १, सिन्धुपाल्चोकको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर एक ब्यक्ती वेपत्ता भएका छन् । सर्कथली आ.वि मा अध्यापन गराउने दोलखा कालिञ्चोक गाउपालिका वडा नं ३ बस्ने बर्ष ३७ का केशव शिवाकोटी वेपत्ता भएका ईलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । शिवाकोटी संगै अन्य ४ जना शिक्षकहरु सो ठाडो खोलामा नुहाउन गएका थिए । नुहाएर फर्कने क्रममा केशव शिवाकोटी चिप्लिएर खोलामा लडेको र बगाई वेपत्ता बनाएको संगै नुहाउन गएका शिक्षक हेमहरी ढुङगेलले बताउनुभयो ।
अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय हेलम्बुबाट ४ जनाको टोली खटी गई खोजतलाज कार्य भई रहेको छ । उक्त स्थान ईलाका प्रहरी कार्यालय हेलम्बुबाट अन्दाजी १५ किलोमिटर उत्तरतर्फ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्