२०८१ भाद्र २३
                           

तेम्बाथान आधारभुत विद्यालय मतदान केन्द्र कायम

असोज २ — २ सय २७ जना मतदाता सहित जुगल ३ मा रहेको तेम्बाथान आधारभुत विद्यालय मतदान केन्द्र कायम गरिएको छ । एक दिन हिडेर भोट हाल्न पुग्नुपर्ने तेम्बाथान ,दिपु र तेगाका बासिन्दा यो निर्णयले हर्षित भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जम्मा १ सय ४५ स्थायी मतदान स्थल र ३२० मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी विकाश रिजालले बताउनुभयो । रिजालका अनुसार अस्थायी मतदान स्थल कम्तिमा एउटा हुनेछ ।
अघिल्लो स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोकमा ३१ मतदान केन्द्र तोकिएका थिए । सो निर्वाचनमा १ सय ४४ मतदान स्थलका ३ सय १६ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्