२०८१ भाद्र २३
                           

माओबादी चौतारा नगर कमिटिले मनायो संविधान दिवश

असोज ३ — नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगरपालिका समितिले ८ औँ संविधान दिवश एक कार्यक्रम गरि मनाएको छ । संविधान विशको अवसरमा चियापान तथा शुभकामना आदनप्रदानको साथै नगर पार्टी कार्यालय समेत स्थापना गरेको छ ।
पार्टी पोलिटव्यूरो सदस्य एवं चौतारा साँगाचोकगढी नगरपलिकाको जनर्निर्वाचित नगर प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको शुभकामना व्यक्त गर्दे सापकोटाले भन्नुभयो “संविधान प्राप्तीमा पार्टीको महत्वपूर्ण भूमिका रह्यो, संविधानमा समावेशि र समानुपातिक प्रतिनिधीत्वको व्यवस्था गरेर १० वर्षे जनयुद्धमा पार्टीले उठाएको एजेण्डाहरु स्थापीत भएको छ । ’
त्यस्तै जिल्ला पार्टी संयोजक गोविन्द पराजुलीले संबिधानमा समाबेश भएको कुराहरु कार्यान्वयनमा पार्टीकै मुख्य भूमिका रहनेमा जोट दिनुभयो । कार्याक्रममा पार्टीको वाग्मती प्रदेश सदस्य तथा नगर ईन्चार्ज उजार सिं तामाङले पार्टी विधि बिधान र कार्यनीतिमा चल्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसमा कार्यालय व्यवस्थापनका लागि १ जना पूर्णकालिनको व्यवस्था गर्न लागेको र सोको लागि मातहतका सवैले साथ सहयोग पुर्रयाउन आग्रह गर्नुभयो । शुभकमना प्रदान गर्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष जीवन श्रेष्ठले नेपालको संविधान २०७२ निर्माणमा माओवादीको भूमिका अहम रहेको हुदाँहुदै पनि स्वयम माओवादीले यसको चर्चा र समावेश भएको अधिकारहरु जनस्तरमा खुलेर भन्न नसक्नुमा समस्या रहेको तर्क गर्नुभयो ।
त्यस्तै उहाले आगामी दिनमा पार्टीले रचनात्मक कार्यक्रम तथा गरि परिणममुखी नतिजा ल्याओस् भन्ने शुभकामना व्यक्र गर्नुभयो । कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ता साथै संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको विच पार्टीको वोर्ड राख्ने तथा अध्यक्षको कार्यकक्षसमेत स्थापना गरेको छ । कार्यालय चौतारा साँगाचोकगढी नगरपालिका – ५ स्थीत शहीद प्रतिष्ठान नेपाल जिल्ला शाखाको भवनमा स्थापना गरिएको छ । कार्यक्रम नगरपार्टी अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष तारादेबी रानाले स्वागत मन्तव्य र सचिव रामशरण विकले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्