२०८१ भाद्र २३
                           

सभामुखद्धारा बलेफी नौबिसे सडक खण्डको निरीक्षण

असोज ६ — सभामुख अग्निप्रसाद सापकोटाले स्तरोन्नति भैरहेको बलेफी नौबिसे सडक खण्डको निरीक्षण गर्नु भएको छ । “बलेफी जलबिरे तेम्वाथान“ सहायक राष्ट्रिय राजमार्ग अन्तरगत रहेको सो सडक खण्डको निरीक्षण गर्दै उहाँले समयमै तोकिएको मापदण्ड अनुसार काम सम्पन्न गर्न र बाटो नियमित सुचारु गर्ने ब्यवस्था गर्न सम्वद्ध पक्षलाई निर्देश समेत दिनुभयो ।
सडक अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, बलेफी गाउँपालिकका अध्यक्ष, उपाध्यक्ष, सडक डिभिजन कार्यलय दोलखाका इन्जिनियर, निर्माण पक्षलगायतको उपस्थिति रहेको थियोे ।
सडक डिभिजन कार्यालयका इन्जिनियर पोशक नेपालका अनुसार यो सडक खण्डको ६० प्रतिशात भौतिक प्रगति भएको छ । आगामी मङ्सिरसम्म बाटो ग्राभेलको काम सक्ने लक्ष्य रहेको इन्जिनियर नेपालले जानकारी गराउनु भयो ।
सो सडक खण्ड अन्तरगत टुनिबोटेदेखि जलविरेसम्म पाँच किलोमिटर बाटो स्तरोन्नतिका लागि अहिले ४७ करोड रकम बिनियोजन समेत भएको र डिजाइन इस्टिमेटको काम सकिएकोले ठेक्काको प्रक्रियामा रहेको इन्जिनियर नेपालले बताउनुभयो ।
हाल स्तरोन्नति भैरहेको सडक खण्डमा निर्माणको काम नरोकिने र समयमै सम्पन्न गर्ने प्रतिवद्धता निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्