२०८१ मंसिर ७
                           

माओबादी पार्टीभित्र बाहिर हल्ला गरेजस्तो गुटबन्दी छैन : सुबोध

असोज ६ – नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा पालिका कमिटि तथा जनवर्गिय संगठनको तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिनुको साथै निर्वाचन परिचालन समिति समेत गठन गरीएको जिल्ला संयोजक गोविन्द पराजुलिले बताउनुभयो ।
बैठक पश्चात भाव सम्प्रेषण गर्दै निवर्तमान प्रदेश सांसद युवराज दुलाल शरदले केन्द्रमा अझै गठबन्धनको टुङ्रगो लाग्न बाकि रहेको बताउदै टुङ्रगोमा पुगेका जिल्लाको पनि सार्वजनिक नभएको बताउनुभयो । यस्तै बैठकमा सम्बोधन गर्दै केन्द्रिय सदस्य माधव सापकोटा सुबोधले पार्टीभित्र बाहिर हल्ला भएजस्तो गुटबन्दी नरहेको दावि गर्दै नेतृत्वको रक्षा गर्न कार्यकर्तालाई अपिल गर्नुभयो । फरक प्रसङ्गमा नेता सुबोधले माओवादी पतित्याक गरि अरु पार्टीमा गएकाहरुले अहिले भाडाको घरमा बसेको जस्तो महसुस गरेको अभिव्यक्ति दिएको आफुले सुनेको समेत बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्