२०८१ भाद्र २३
                           

मेलम्ची नगरपालिकाले भोलीबाट ह्युम पाइप हालिने

असोज ६ – मेलम्ची नगरपालिकाले भोलीबाट ह्युम पाइप हाल्न सुरु गर्ने भएको छ । नगर प्रमुख आइतमान तामाङ ,प्राविधिक र कर्मचारी लगायतको टोलिले मेलम्ची फट्टे र इन्द्रावती नदिमा ह्युम पाइप हाल्नका लागि स्थलगत अवलोकन गरेको हो ।

अनुगमनमा प्रमुख तामाङले भोलीबाट ह्युमपाइप हाल्न सुरु गर्र्ने जानकारी दिनुभयो । उहाँले चार्डपर्व नजिकिदै गएकाले पनि तत्काल जोखिम मोलेरै ह्युमपाइप हाल्न नगरपालिका बाध्य भएको बताउनुभयो । विगत देखिनै नागरिकहरुले ठुलो सास्ती खेप्न परेको भन्दै प्रमुख तामाङले दशैका लागि चाहिने सामाग्रि लैजान सहजहोस् भनेर दशै अघिनै ह्युमपाइप हाल्ने प्रयत्न गरिएको जानकारी दिनुभयो ।

उहाँले सकेसम्म पुरानै स्थानबाट ह्युम पाइप हाल्न सुरुगर्ने र कुनै समस्या आएमा वैकल्पिक माध्यमबाट भएपनि दशैअघि पाइप हाल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्