२०८१ भाद्र २३
                           

चौतारा सांगाचोकगढी नगरपालिकामा नगर स्तरीय महिला सञ्जालमा पदाधिकारी चयन

असोज ७ — चौतारा सांगाचोकगढी नगरपालिकामा नगर स्तरीय महिला सञ्जाल गठन गरीएको छ । आज सुक्रबार सम्पन्न  बैठकले जानुका पराजुलीको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी चयन गरेको हो । सन्जालको उपाध्यक्षमा रीना श्रेष्ठ ,चमेली श्रेष्ठ र सरस्वती थापा रहेका छन । यसैगरी सचिवमा तारादेवी राना र सह—सचिवमा अस्मिता लामा , कोषाध्यक्षमा मिना थापा ले जिम्मेवारी बहन गरेका छन ।

भेलाले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समतिमा मिना नेपाल संयोजक र गिता रायमझी, सुशिला नेपाल, धामो तामाङ, जानुका नेपाल, ओममाया खड्का र पम्फा राना सदस्य रहेका छन् । यसअघि भाद्र १० गतेको बसेको भेलाले २१ सदस्यीय समिति चयन गरीसकेको सचिव तारादेवि रानाले बताउनुभयो । महिला माथि हुने हिंसा विरुद्ध सचेतना जगाउने देखि उनीहरुको दक्षता र रुचि अनुसार तालिम र वृत्ति बिकास गराउने कार्यमा महिला सञ्जाल सक्रीय रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्