२०८१ भाद्र २३
                           

नमुना बस्ती झ्याँडी सम्म पुग्ने भयो अरनिको बस

अशोक पराजुली ,असोज ७ —  जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडी नमुना वस्तीसम्म नियमित बस सेवा सञ्चालन हुने भएको छ । पूर्व अरनिको यातायात प्रालिले सो स्थानमा बस सेवा सुरु गर्न लागेको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का निर्वाचित वडा सदस्य नेत्रबिक्रम माझी र पूर्व अरनिको यातायात प्रा.लि.का सदस्य तथा यातायात ब्यबसायी जीवन श्रेष्ठको प्रत्यक्ष पहल र सहजीकरणमा अरनिको यातायातले बस सेवा सञ्चालन गर्न लागेको हो ।

स्थानीयवासीले यातायातको साधन यात्रु बस सञ्चालन नहुँदा सदरमुकाम चौतारा सम्म जान पनि घन्टौं पैदल हिड्नुपर्ने र स्थानीय बजार दोलालघाट सम्म पुग्न पनि निकै सास्ती ब्यहोर्नु परेकोले बस सञ्चालन गर्ने योजना बनाएको वडा सदस्य माझीले बताउनुभयो। नियमित बस सेवा सुरु भएपछि सर्वसाधारणलाई जिल्ला सदरमुकाम चौतारा तथा काठमाडौं आउजाउ गर्न सहज हुनेछ । बस चढ्नका लागि बन्देउ र साँगाचोक सम्म धाउनु पर्ने स्थानीयको बाध्यता हट्ने छ ।

यस अघि झ्याँडी,भिमटार,जामुनेबासीले बस चढ्न दुई घण्टा भन्दाबढी पैदल हिँड्नु पर्दथ्यो । अब काठमाडौंबाट काभ्रेको दोलालघाट हुँदै बन्देउ,महादेवटार,एक्लेबेसी,जामुने,भिमटारबाट झ्याँडी नमुना वस्तीसम्म बस सेवा सञ्चालन हुन लागेको छ । असोज ८ गते बाट नियमित बस सञ्चालनमा आउने समितिका सदस्य श्रेष्ठले बताउनुभयो । अरनिको यातायात अन्तर्गत जुगल यातायातको बस काठमाडौंबाट दैनिक ११स्१५ बजे छुट्नेछ र झ्याँडी नमुना बस्तीमा बास बस्नेछ । त्यस्तै झ्याँडी नमुना बस्तीबाट काठमाडौंको लागि बिहान ७स्३० बजे छुट्ने छ । बस सञ्चालन भएसँगै त्यहाँका चार सय घर परिवार लाभान्वित हुनेछन् छन् ।

प्रतिक्रिया दिनुहोस्