२०८१ भाद्र २३
                           

जेष्ठ नागरिकलाई लक्षित गरी लिसंखुपाखर गाउँपालिकामा आँखा सिबिर

असोज ७- लिसंखुपाखर गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरी दुई दिने आखाँ शिवर संचालन गरिएको छ । लिसंखुपाखर गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्र चौताराको आयोजनामा जेठल स्वास्थ्य चौकी शिलढुङगामा आज पहिलो दिन सिबिर सम्पन्न भयो ।
जनतालाई स्वास्थ्य सेवा दिने हिसाबले पालिकाको आयोजनामा दुई दिने आँखा शिविर राखिएको गाउँपालिका अध्यक्ष राजु लामाले बताउनुभयो । उहाका अनुसार पालिकाको दुई भेगलाई समेटेर गरिएको आँखा शिविर पहिलो दिन १ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये १८ जनालाई मोतिविन्दुको समस्या भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजु बस्नेतले बताउनुभयो ।

मोतिविन्दु भएर आँखाको अप्रेशन गर्नु पर्ने विरामीहरुको लागि बाह्रबिसेमा पु¥याएर उपचार गरिने योजना पालिकाको छ । ७ वटा वडा रहेको लिसंखुपाखर गाउँपालिकाको ४,५,६ र ७ वडालाई समेटेर आज शिविर राखिएको हो । त्यस्तै शनिबार १, २, ३ र ४ को आधा वडालाई समेटर लिसंखु स्वास्थ्य चौकी लिसंखुमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्