२०८१ भाद्र २३
                           

मेलम्ची वडा न २ ले जित्यो नगर स्थरीय भलिबलको उपाधी

असोज ८ — नगर स्थरीय तथा अन्तर वडा स्थारीय भलिबल प्रतियोगिता मेलम्ची नगरपालिका वडा न २ ले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिका वडा न २ ले योङ स्टार युथ कलबलाई हराउदै जित निकालेको हो। श्री नमुना युवा जागरण समुहको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा संचालित नगर स्तरीय भलिबल प्रतियोगितामा योङ स्टार युथ कलब दोस्रो र न्यु फेस युवा कलब दुबाचैर तेस्रो भएको छ ।
कार्यक्रममा पहिलो दोस्रो र तेस्रोलाई क्रमश ५० हजार २५ हजार र १५ नगत साथै ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । खलाडिहरु मध्य बेस्ट स्पाकर चन्द्र तामाङ र बेस्ट पिलियर रमेश खतिवडाले ट्रफि र प्रमाण पत्र हात पार्नु भएको छ। असोज ७ गते शुक्रबार शुरु भएको प्रतियोगिताको नगरप्रमुख आईतमान तामाङले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्