२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकका आचार्य सञ्चार सेवा सम्मानबाट सम्मानित

असोज १२- सिन्धुपाल्चोक इन्द्रावतीका पुराना पत्रकार एवम् नयाँपानी खबर अनलाइनका प्रकाशक सम्पादक तथा नयाँपानी सन्देश साप्ताहिकका सम्पादक बुद्धिप्रसाद आचार्य सञ्चार सेवा सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । चन्द्रलाेक प्रतिष्ठानद्वारा आज काठमाडौंकाे नेपाल पर्यटन बाेर्डमा आयाेजित एक बिशेश समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले साे सम्मान प्रदान गर्नुभयो । चन्द्रलाेक प्रतिष्ठानले बडा दशै २०७९ काे सन्दर्भमाआयाेजित कार्यक्रममा विभिन्न बिधाबाट देश र समाजका लागि याेगदान गर्ने दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरेको थियोे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जयन्ती राई, संविधान सभा सदस्य रामकृष्ण ताम्राकार , जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्त , काठमाडौ प्याब्सनका बरिस्ठ उपाध्यक्ष नवराज भट्ट , आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्याेतिचन्द्र ओझा, नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक एवं न्युज अफ नेपालका सम्पादक दिपक रिजाल र गाेरखापत्र दैनिकका फाेटाे पत्रकार कविता थापा लगायतका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्