२०८१ भाद्र २३
                           

सुनकोसीको शुभकामनामा दुईजना सम्मान

खाडिचौर/ विजया दशमी २०७९ उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दुईजना सफल व्यक्तित्वलाई सम्मान गरिएको छ ।

सुनकोसी गाउँपालिकाले बिहीबार खाडीचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत सुनकोसी ६ निवासी डा. रामशरण भण्डारी र सफल ब्यवसायी राजु कार्कीलाई पालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले सम्मान गर्नु भएको हो । कार्यक्रममा सुनकोसी गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका तर्फबाट एसइइ परीक्षामा उत्कृष्ट हुन सफल महेन्द्रद्वय माविका छात्रा दिया दंगाल, छात्र मिलन केसी लगायतका विद्यार्थीलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले पालिकालाई सुन्दर, समृद्ध र सुखी सुनकोसी बनाउनका लागि आफू सधैं समर्पित रहेने बताउनु भयो ।

 

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, सुनकोसी गाउँपालिका, शिक्षक महासंघका अध्यक्ष सीताराम पराजुली, माओवादी केन्द्रका मिम योन्जन, नेपाली काँग्रेसका रुपकाजी लामा, एमालेका प्रेमलाल लामा ,सम्मानित ब्याक्तित्व आरएस भण्डारी, राजु कार्की र सात वटा वडाका वडाध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।

युगबहादुर खड्काद्वार संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्