२०८१ कार्तिक २
                           

मेलम्चीका १३० जना जेष्ठ नागरिकलाई सम्मान

मेलम्ची नगरपालिकाले नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । नगरपालिकाको १३ वटा वडामा प्रत्येक वडाका १० जना गरि १३० जना जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट,टोपी लगायको सामाग्रि सहित प्याकेज वितरण गरिएको नगरपालिकाकी उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो ।

नगरपालिका स्तरीय जेष्ठ नागरिक सञ्जाल सँगको समन्वयमा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै सामाग्रि वितरण गरेको हो । वडा नम्बर १३ बाट सुरु भएको कार्यक्रम शुक्रबार वडा नम्बर ११मा वितरण गर्दै समापन गरिएको उपप्रमुख प्रधानले जानकारी दिनुभयो । छोराछोरी दुवै नभएका, अपांगता भएका, पैतृक सम्पती न्युन भएका र विपन्न जेष्ठहरुलाई सामाग्रि वितरण गरिएको प्रधानको भनाई छ ।

अब जाडो महिना पनि आउनलागेका कारण जेष्ठ नागरिकहरुलाई न्यानो होस् भनेर समाग्रि वितरण गरिएको उपप्रमुखको भनाई छ । नगरपालिकाले सम्मान गरेकोमा सम्मानीत हुनेहरुले पनि खुशि ब्यक्त गरेका छन् । सम्मन सँगै जेष्ठ नागरिक मैत्री समाज, सहज वृद्धभत्ता ,यातायातमा छुट, लगायतको कुराहरुमा राज्यले विशेष चासो दिनुपर्नेमा जोड दिनुभएको थियो ।

उनीहरुको चाहाना अनुसारको विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै नियमित भजनकिर्तन लगायतको धार्मिक कार्यक्रम गर्ने आफुहरुको चाहाना रहेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा उपप्रमुख प्रधानले घरमा रहेका बयोवृद्ध साक्षात देवतातुल्य रहेका जन्मदाता बुबाआमाको सम्मान र सेवा गरे देवता खोज्न कतै जानु नपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकको समस्यालाई समाधानकै लागि जेष्ठ नागरिक सञ्जाल स्थापना भएको उल्लेख गर्दै उपप्रमुख प्रधानले अब सञ्जाल मार्फत क्रमश समस्या समाधान गर्दै जाने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्