२०८१ भाद्र २३
                           

चौतारा कारागारका थुनुवा तथा बन्दीलाई नगरपालिकाद्रारा दशैमा खसी कोशेली

असोज १४ — जिल्ला कारागार चौतारामा रहेका थुनुवा तथा बन्दीहरूलाई चौतारा साँगाचोकढी नगरपालिकाले दशैका लागि खसि सहित टेलिभिजन,फिल्टर र वितरण गरेको छ । आज सुक्रबार कारागार परीसरमै एक कार्यक्रम बिच नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले ति सामाग्रि हस्तान्तरण गर्नुभयो । नगरपालिकाले खानेपानी पिउरी फिकेसन मेसीन युरीगार्ड १ थान, ३२ इन्च स्मार्ट एल.ई.डि टेलिभिजन २ थान र ५ सय लिटरको हिलटेक ट्याङ्रकी र २ वटा खसी उपहार स्वरुप वितरण गरीएको हो ।
नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा नगरपालिकाले थुनुवा तथा बन्दीहरूको लागी यि सामाग्रि वितरण गरेको हो । आफुले अनुगमन गर्दा कारागारमा रहेको टेलिभिजन विग्रीएको र मर्मत गर्नपनि दश हजार वढी लाग्ने पाएपछि नया टेलिभिजन खरीद गरी वितरण गरिएको मेयर कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी बेध निधि खनालले नेपालले थुनुवा तथा बन्दीहरूप्रति समाजमा सकारात्मक सोचको विकास हुँदै गएको बताउँदै उनीहरूमा सुधार ल्याउन पहल गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्