असोज १५ — शनिबार अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ मा रहेको बृद्धाश्रमका जेष्ठ नागरिकसँग अनुभाव आदनप्रदान गरिएको छ । चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा गरिएको सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधिहरु, बुद्धिजीवि, सहयोगदाताहरुको सहभागिता थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गदर्शन हुने भएकाले सरकारले उनीहरुको संरक्षणमा चासो राख्नुपर्नेमा जोड दिनुभयो । १०३ वर्षकी नगरकै जेष्ठ नागरिक ईन्द्र कुमारी बस्नेतलाई अभिनन्दन पनि गरियो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल ,प्रहरी उपरिक्षक रामेश्वर यादव ,प्रमुख सेनानी जनक सिल्वाल ,अनुसन्धान प्रमुख कुमार खड्का ु ,पुर्व सांसद कृष्णरााज श्रेष्ठ लगायतको उपस्थितिमा १४औं साधारण सभा र छैठो अधिवेशन सम्पन्न गरेमो छ । ९ सदस्यको नयाँ कार्य समिति समेत सर्व सहमतिमा चयन भएको छ । जसमा ५ जना पदाधीकारी नयाँ चयन भएका छन् । कार्यक्रममा अन्जना सापकोटाले आफ्नो जन्मदिन मनाउँदै सम्पुर्ण व्यक्तित्वहरुलाई खिर र तरकारी समेत खुवाउनु भयो ।
यस्तै आजै चौताराको अरनिको रिसोर्टमा आयोजित एक कार्यक्रममा ८० वर्ष उमेर कटेका जेष्ठ नागरीकहरुलाई सम्मान गरीएको छ ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ ।
सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । भर्खरै घोषणा भएको नेपालको संविधान– २०७२ को धारा ४१ मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्