२०८१ भाद्र २३
                           

तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

असोज २१, सिन्धुपाल्चोकको ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापाछ्याप गर्दै रमाउदै यो जात्रा मनाईदै आएको छ ।तान्त्रिक र मान्त्रिक पूजा विधिसहित ल्याइएका ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ ।

मुलुकमै नभएको तौथलीको अनौठो दही जात्रामा जमिरहेका सबैको नृत्य दर्शन रोचक बन्यो । गुठियार, स्थानीयले भैंसीगाई नथाकोस र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दै आएका छन् । हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैंको फूलपातीबाट नै सुरु हुने गर्छ । विजयदशमीको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउँछन् । जसमा देवीको कृपाले बाँचेको एउटामात्रै माछालाई बलि चढाएर यहाँको पूजा सुरु हुन्छ । महाअष्टमीको दिन कालो रङको बोकाको मात्रै बलि दिइन्छ ।

दशमीको रात यहाँ वर्षमा एक पटक देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, नागानागिनी, स्याल कहनजस्ता दर्जनौंको नृत्य जात्रा हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्