२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा गठबन्धनको भागबण्डा टुंगोमा

असोज २२ — सिन्धुपाल्चोकमा गठबन्धनको भागबण्डा टुंगोमा पुगेको छ । सिन्धुपाल्चोक १ माओवादीलाई र सिन्धुपाल्चोक २ कांग्रेसलाई दिनेगरी सत्ता गठबन्धनले बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क कांग्रेसलाई र १ को ख माओवादीलाई दिने टुंगो लागेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क माओवादीलाई र २ को ख कांग्रेसलाई दिने सहमती बनेको हो । काग्रेसबाट उम्मेदवार टुंगो हुन बाकी रहेको छ भने माओवादीबाट सिन्धुपाल्चोक १ मा माधव सापकोटा सुवोध प्रदेश सभा (ख)मा सरल सहयात्री पौडेल , प्रतिनिधि सभा २ को प्रदेश सभा (क) मा युवराज दुलालको नाम चर्चामा आएपनि आधिकारीक घोषण भएको छैन । अन्तिम समयमा पनि नेपाली कांग्रेस नेता मोहन बस्नेतले प्रधानमन्त्री लगायत संग आफ्रनो छछलफललाई वढाउनुभएको छ । अब निर्वाचन क्षेत्र २ मा बस्नेत जाने सम्भावना रहेको कार्यकर्ताले आकंलन गर्न थालेका छन् । यस्तै बंशलाल तामाङ वा राजु गोर्खालीमध्य एक जनाले टिकट पाउने पनि आंकलन गरीएको छ । मोहन बस्नेत २ नम्बर क्षेत्रमा जादा पार्टी भित्रबाटै सहयोग नपाउने अवस्था छ । पुर्व जिल्ला अध्यक्ष विकास लामाले यसअघि आफ्नो सामाजिक संजालमा यसअघिनै बरु लौरो चुनाप चिन्ह लिएर उठ्ने तर सहयोग नगर्ने भन्दै स्टाटस देख्नुभएको थियो ।
यसैबिच   एमाले केन्द्रले प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क मा केन्द्र ले टिकट दिए पनि एमाले जिल्ला अध्यक्ष समेत रहेका कमल नेपालले उमेदवार हुन अस्विकार गर्नु भएको छ। पार्टी जिल्ला अध्यक्ष भएको र जिल्लाभर चुनावी कमान्ड सम्हाल्नु पर्ने भएकोले यो पटक आफू पार्टीको मोर्चा सम्हाल्ने उहाँले बताउनु भएको हो । प्रदेश सभा क मा प्रदिप पौडेल र डिबि लामा मध्ये एक जना लाई उमेदवार बनाउन एमाले सिन्धुपाल्चोकको बैठक समेत बसेको छ ।
मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेकपा एमालेले सिन्धुपाल्चोकको उम्मेदवार टुङ्रगाएको छ । एमालेले सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य सरेश नेपाल र क्षेत्र नम्बर २ मा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङलाई चुनावमा अघि सार्ने भएको छ । प्रदेश १ को टिकट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ को टिकट भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीले पाएको एमाले स्रोतले जनाएको छ।
प्रतिनिधि सभा १ को प्रदेश सभा क मा कमल नेपाल र ख मा होम नारायण श्रेष्ठले टिकट पाएको एमाले स्रोतले जनाएको छ । प्रतिनिधि सभा २ को प्रदेश सभा क मा भने हालसालै माओवादी छाडेर एमाले प्रवेश गरेका अमान सिं तामाङलाई टिकट दिईएको हो ।सोही क्षेत्रको प्रदेश सभा ख मा भने एमाले पुर्व जिल्ला अध्यक्ष हस्त पण्डित उम्मेदवार बन्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्