२०८१ भाद्र २३
                           

विकासका पर्यायची दुलाल , मतदाताले दिए विकासको बाकस उपनाम

दिपक खत्री ÷ असोज २४ — नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले यस पटक युवा नेतालाई चुनावी मैदानमा उतारेको छ । चिया पसल ,चोक अनि चौतारीमा चुनावी बहसमा अहिले यिनै तीन ‘स’ माधव सापकोटा सुबोध, सरल सहयात्री पौडेल र युवराज दुलाल शरदको चर्चा बढी नै हुने गरेको छ । उनिहरु तिनै जना राजनीतिमा समकालिन युवा नेताका रुपमा परिचित छन् ।अहिले एकै पटक संसदमा प्रतिनिधित्व गर्ने अवसरका लागि तिनै जना ‘स’ चुनावी मैदानमा होमिएका छन् । यस अघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उमेदवार भएर सरल सहयात्री पौडेल तेस्रो भएका थिए । २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा अग्नि सापकोटाको उमेदवारी र वाम गठबन्धनका कारण प्रदेशमा उमेदवार हुनबाट वञ्चित भएका थिए । सरल जस्तै माधव सापकोटा सुवोधलाई पनि वाम गठबन्धनको तालमेलका कारण २०७४ को निर्वाचनमा उमेदवार हुनबाट ब्रेक लाग्यो ।सुबोध मतदाताका लागि नया अनुहार हुन् । यसअघि प्रतिनिधिसभा क्षेत्र नं २ क बाट प्रदेशसभामा निर्वाचित भइसकेका अर्का युवा नेता युवराज दुलाल सरद भने २०७४ मा प्रतिनिधिसभा २ को क मा बिजयी भई वागमती प्रदेश सरकारमा मन्त्री समेत भए ।

गफ भन्दा काम प्राथमिकता
नेता गतिलो नभएकै कारण देशको यो दुर्गति भयो भन्ने जनता शरदको कामले नेता भनेको यस्तो पो हुनुपर्छ भन्दै चिया पसलदेखि घरघरमा प्रशंसा गर्न थालेका छन् । जुुन जोगी आए पनि कानै चिरेको’ भन्ने लोकयुक्ति विपरीत विकासको लहर र स्पष्ट भिजनका कारण उनलाई अहिले धेरै मतदाताले विकासको बाकस उपनाम दिने गरेका छन् । सक्षम, इमान्दार र दूरदृष्टि नेताको आकृतीे दुलालको मुहारमा प्रष्ट देखिएको मतदाता बताउँछन् ।
वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री हुँदा सिन्धुपाल्चोकको विकासमा सबैभन्दा बढी बजेट ल्याएर पूर्वमन्त्री युवराज दुलालले गाउँ शहरमा जनजनको मन जितेका छन् । प्रतिनिधिसभा २ को क मा मात्रै होइन, ख मा पनि त्यस्तै काम गरेकोले द्येरैले सिन्धुपाल्चोक २ नं. प्रतिनिधिसभा सदस्यमा आफ्ना विकासे नेता उनलाई मत दिन पाउनेमा आशावादी थिए । मेलम्ची बाढीको समयको उद्धारा र राहातमा अहोरात्र खटाई , गाउँवस्तीका घरघर पुगेर विकासको वस्तुस्थिति बुझ्ने शैलीले दुलाल जत्तिको नेतालाई त भोट दिनैपर्छ भन्ने मनोविज्ञान आम मतदाताले बनाए ।


२ नंं संघीय क्षेत्रका लागि नागरीकको आशा र आफ्नो तयारी भएपनि गठबन्धनको कारण प्रदेशमा उम्मेदवारी दिएको दुलालले बताएका छन् । दुलाल भन्छन् , “जहाँ भएपनि काम गर्नेलाई खासै फरक पर्दैन । ” एउटा प्रदेश सभा क्षेत्रबाट प्रतिनिधित्व गरेता पनि सिंगो प्रतिनिधि सभा २ लाइ आफ्नो कर्म क्षेत्र बनाएर विगत जत्तिकै यस क्षेत्रको समग्र विकास र सेवामा सिंगो पार्टी पंक्तिको नेतृत्व गरेर लागि नै रहने उनि बताउछन् । दुलालले आफ्नो फेसबुक पेजमा लेखेका छन् , “अर्को पटक अवश्य प्रतिनिधि सभाको उम्मेदवार बनेर आउनेछु । म प्रतिको सहानुभुति, सद्भाव र सहयोगका लागि आम पार्टी पंक्ति, समर्थक, शुभचिन्तकहरुप्रति हार्दिक नमन गर्दछु । ”
अब झनै सक्रिय र उर्जाशिल भएर आउने भन्दै मतदाता माझ धैर्यता र निरन्तर साथ सहयोगको अपेक्षा गरेको आफ्नो फसेबुक पोष्टमा दुलालले लेखेका छन् । आफ्नो क्षेत्रको विकास र जनसेवाको सुस्पष्ट योजना तथा बागमती प्रदेश र समग्र राष्ट्रको विकास र समृद्धिको भिजन सहित आएकोले नागरीकले सहि निर्णय गर्नेमा पूर्ण विश्वस्त रहेको उनि बताउछन् ।
साझा चरित्र धारण गरेका लोकप्रिय युवा नेता दुलाल सँग प्रतिस्पर्धामा अरु आठ उम्मेदवार छन् । लामो समय पार्टी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका दुलाल वाइसिएलका केन्द्रीय नेता हुदै अहिले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । २०७४ सालमा भएको निर्वाचनमा क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा सात हजार एक सय ६६ मतान्तरमा वाम गठबन्धनका युवराज दुलाल विजयी भएका थिए । अहिले पुन उनले यहि क्षेत्रबाट गठबन्धनका साझा उम्मेद्वारका रुपमा उमेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्