६५ बर्षिय वाईबा होम स्टे सङ्गै चोया, काठ बाट बनेका विभिन्न सामाग्री बनाउदै दैनिकी कटाउनु हुन्छ । उहाँले बनाउनु भएको सामाग्रीहरु सुन्दर तरिकाले घरमा सजाएर राखेको देख्दा सङ्ग्रहलय मा नै पुगेको महशुस हुन्छ । उहाँले टुङ्ना, डम्बु, झाक्री तथा लामाले प्रयोग गर्ने ड्याङ्ग्रो, डोको, थुन्चे , भकारी, डेलि त्यस्तै फुल तथा गुच्छा राख्ने सजावटका सामग्री गरि दर्जनौ प्रकारका सामाग्री बनाउने गर्नुहुन्छ । “पाँचपोखरि घुम्न आउने पर्यटकहरुले चिनो सम्झि डम्फु, टुङ्ना किनेर लानुहुन्छ ।
त्यस्तै ढ्याङ्ग्रो, डोको, थुन्न्चे, भकारी जस्ता सामाग्री स्थानीयले नै अर्डर गर्नुहुन्छ” उहाले भन्नुभयो । एउटा झँक्रीको ढ्याङ्ग्रोलाई १२ हजार , लामाले प्रयोग गर्ने ढ्याङ्ग्रोलाई जोडिको ५० हजार त्यस्तै टुङ्नाको ६ हजार सम्म बिक्री गरेको उहाँले बताउनु भयो । बाख्रा गोठ राख्दा मरेका बाख्राको छालाको सदुपयोग गरि टुङ्ना, डम्फु, ढ्याङ्ग्रोमा प्रयोग गरिएको उहाँले भन्नुभयो । त्यस्तै चोयाको समाग्री बुन्न लाई उहाँले निगाँलो खेती पनि गर्नु भएको छ तर आफू एक्लैले धेरै बुन्न नसक्दा खेर गैइरहेकाले दुख व्यक्त गर्नुभयो ।
त्यस्तै उहाले भन्नुभयो ” कुनै समयमा यस गाउँमा प्रत्येक घरको चौरी, बाख्रा, भेडा गोठ राख्ने चलन थियो अहिले गोठ राख्ने क्रम कम हुँदै गयो जस्ले गर्दा गोठमा प्रयोग हुने डेलि,मदानी, छुर जस्ता सामाग्री लोभ हुँदै गएको छ । त्यस्तै पानी पर्दा प्रयोग गर्ने घुम जस्ता गाउँघरमै तयार हुने समाग्रीको प्रयोग हुन छोडीसकेको छ । नमुनाको लागि भएपनि लोभ हुन लागेको सामग्रीहरु बनाएर दिन कटाउने गरेको छु ।” काठ तथा चोयाको सामग्री बुनेर ३५ बर्ष बिताईसकेका वाईवाले बुडेसकालमा पनि बुन्न छाडेका छैनन् । आफ्नो सिपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने रहर छ तर अहिलेका युवा पुस्ताले चासो नदिएको उहाले भन्नुभयो । यस्ता पुराना सिपकलाको नया पुस्ताले बेवास्ता गर्दा अवश्य लोभ हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्