२०८१ भाद्र २३
                           

दोस्रो सस्करणको मालिकादेबि कप फुटबल मेल्चौरमा सूरु, पहिलोदिन ३ खेल सम्पन्न, भोलिको तालिका यस्तो …

असोज २८ — दोस्रो सस्करणको मालिकादेबि कप ७ ए साईड फुलवल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । मेलचौर युवा जागरण समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको उदघाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले गर्नुभएको हो । कातिmक ४ गतेसम्म चल्ने प्रतियोगितामा ३० टोलीले भाग लिएका छन् ।

आज ३ टिमबिच खेल सम्पन्न
प्रतियोगिता सुरुवातको पहिलो दिन आज ३ खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा चौतारा स्पोर्टिङ क्लबले बिजयी सुरुवात गरेको छ । मेलचौरस्थित दरवारडाँडा मैदानमा भएको उद्घाटन खेलमा चौताराले वडा नं ६ लाई पेनाल्टीमा ४(१ ले हराएको हो । पेनाल्टीमा चौताराका गोलकिपरले वडा नं ६ का खेलाडीको दुई पेनाल्टी शानदार बचाउ गरेका थिए । यसअघि निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच चौताराका गोलकिपर विवेक श्रेष्ठ घोषित भएका छन् ।
यस्तै आजै भएको दोस्रो खेलमा लिलफङ घले समाज बिजयी भएको छ । घले समाजले रानिटार युथ क्लब डडुवालाई १ —० ले पराजित गरेको हो । घले समाजका गोलकिपर सुशान्त दुलाल म्यान अफ म्याच बन्दैे ट्रफी र नगद १ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको तेस्रो खेलअन्तर्गत भदौरे गणेश सानुसिरुवारी जियई भएको छ । फ्लाइङ नेपाल कुबिण्डे २ —० ले पराजित भएको हो ।

भोली ५ खेल हुने
पहिलो खेल बिहान ७ बजे लायन्स क्लव र इर्खु स्पोर्टस क्लवबिच , दोश्रो खेल बिहान ९ बजे माउन्ट एभरेस्ट र सुनौलो विहानीबिच हुने छ । यसैगरी अधेँरी युथ क्लव र खत्रीथोक युथ क्लव बिच दिउसो १ बजे , दिउसो साढे २ बजे वडा नम्बर ५ र पाथीभरा युथ क्लव बिच प्रतिस्पर्धा हुनेछ । मेलचौर युवा जागरण समाज ए र वडा नम्बर १ बिच दिउसो ४ बजे प्रतिस्पर्धा हुने छ ।

बिजेताले ट्रफीको साथमा नगद ८० हजार पाउने
प्रतियोगिताको बिजेताले ट्रफीको साथमा नगद ८० हजार पाउनेछ । उपबिजेताले नगद ४० हजार पाउँदा तेस्रो हने टोलीले २० हजार रुपैयाँ पाउने छ। प्रत्येक खेलको म्यान अफ द म्याचले ट्रफी र नगद १ हजार रुपैयाँ पाउने छन् । व्यक्तिगत बिधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र नगद २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक जागरण समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्